राष्ट्रिय सभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गर्नुभएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न पाँच जनाले अन्तर्वार्ता दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक पदका लागि खुला आवेदन माग गरेको थियो ।
प्रतिनिधिसभा बैठकले माघ १ गते भएको पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक प्रस्ताव पारित गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले सभामुखको आसनबाट राख्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो ।
अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्ने बताइएको छ ।
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त जानकारी गराउनुभएको हो ।
म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । क्रिस्टलको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेड र त्रिलस्टलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उहाँले १६७ मत प्राप्त गर्नुभएको छ ।
जनता समाजवादी पार्टीले सभामुखमा नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्ने भएको छ । जसपा प्रवक्ता मनिष सुमनले सभामुखका उम्मेदवार घिमिरेलाई समर्थन गर्ने बताउनुभयो ।
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गर्नुभएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको (सिपिसी) २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले प्रस्तुत गर्नुभएको प्रतिवेदन तथा महाधिवेशनले पारित गरेको सिपिसीको विधान दश वटा विदेशी भाषामा प्रकाशन भएको छन् ।
प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ । सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो ।
कैलालीको कैलारी गाउँपालिका –७ स्थित विपतपुरका अग्निपीडित मुक्त कमैयाहरु टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका छन् । घर अझै नबनेकाले उनीहरु टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका हुन ।
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गर्नुभएको छ ।