• १३ असोज २०८१, आइतबार

राष्ट्रपति सीको प्रतिवेदन विदेशी भाषामा

blog

बेइजिङ, माघ ५ गते । चिनियाँ कम्युनिष्ट पार्टीको (सिपिसी) २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले प्रस्तुत गर्नुभएको  प्रतिवेदन तथा महाधिवेशनले पारित गरेको सिपिसीको विधान दश वटा विदेशी भाषामा प्रकाशन भएकf छन् ।

विदेशी भाषा प्रेसले अङ्ग्रेजी, फ्रान्सेली, रुसी, अरबी, स्पेनिश, पोर्तुगाली, जर्मन, जापानी, भियतनामी र लाओ भाषामा प्रकाशन गरिएको बिहीबार जनाएको हो । स्वदेश तथा विदेशका पाठकहरूको सुविधाका लागि चिनियाँ र अङ्ग्रेजीका पाठ समावेश गरी पुस्तकाकारमा द्विभाषी संस्करण पनि जारी गरिएको छ ।

चिनियाँ विशेषतासहितको समाजवादलाई केन्द्रमा राखेर देश निर्माणको महान् कार्यमाा एकताबद्ध भएर लाग्न महासचिव सीले दिनुभएको निर्देशनलगायत विषय पुस्तमा समावेश गरिएको छ । रासस/सिन्ह्वा