लामो समय देखि अलपत्र रहेको रारा विमानस्थलको ट्रस टर्मिनल भवन अझै निर्माण सम्पन्न नहुँदा उडान प्रभावित बन्दै आएको छ । गत वर्षनै निर्माण सम्पन्न हुनु पर्ने भवनको निर्माण ठेकेदार कम्पनी ओमबुद्ध इन्टरनेस्नल कन्स्ट्रक्सनको बदमासीका कारण पर्यटक र कर्णालीवासीले समस्या खेप्नु परेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको कार्यक्षेत्र र मन्त्रालयले गर्नुपर्ने सबै काम निर्भीक ढङ्गले कुशलतापूर्वक सम्पादन गर्ने बताउनुभएको छ। उहाँले त्यसका लागि आफूले सकारात्मक प्रयत्न गर्ने वचन पनि दिनुभएको छ। राससलाई दिनुभएको अन्तर्वार्तामा उहाँले सरकारका प्राथमिकता, नीति तथा कार्यक्रममा समेटिएको बताउँदै तीबाहेक खट्किएका विषयलाई पनि समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो। सूचना र प्रविधिको सही तरिकाले प्रयोग हुने हो भने हाम्रा धेरैजसो समस्या समाधानको बाटोमा जान्छन् भन्दै उहाँले विकास र समृद्धिको बाटोमा अगाडि बढ्न प्रविधिको उचित प्रयोग गर्न नसकेको स्पष्ट पार्नुभयो।
आफूलाई प्रहरीको गुप्तचर बताउँदै लुटपाट गर्ने गिरोहलाई बर्दिबास प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बर्दिबास नगरपालिका -१४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुर ७ जिरो माइलका १९ वर्षीय दीपक राउतसमेत ६ जनालाई बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट लुटपाट गरी लगेका सामानसमेत प्रहरीले बरामद गरेको छ ।
अछामका स्थानीय तह हिउँदे अधिवेशनमा जुटेका छन्। विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा, काम गर्दाका समस्याका बारेमा अधिवेशनका क्रममा सामूहिक छलफल गरेर पालिकाहरू नगर तथा गाउँ सभाको तयारीमा छन्। पञ्चदेवल विनायक, कमलबजार र साँफेबगर नगरपालिकाको हिउँदे अधिवेशनको तयारीमा छन्। यस्तै मेल्लेख, रामाारोशन, तुर्माखाँद र बान्नीगढी जयगढ गाउँपालिकाको पनि हिउँदे अधिवेशनको तयारीका जुटेका छन्। विनियोजित बजेटमा केही रकम हेरफेर र यसअघि सम्पन्न कामको समीक्षा गर्ने गरेर केही दिनमै हिउँदे अधिवेशनको तयारी रहेको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिनुभयो।
बैतडीको पाटन नगरपालिकाले दलित बस्तीका अपहेलित नाम फेर्न थालेको छ। नगरपालिकाले अहिलेसम्म सातवटा दलित बस्तीका अपहेलित नाम परिवर्तन गरेर नयाँ नाम राखिसकेको छ। बैतडीका अधिकांश दलित बस्तीका नाम अपमानजनक रहेको विषयमा गोरखापत्रमा गएको भदौ १५ गते समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीको अगुवाइमा असोज पहिलो हप्ता स्थानीय तहका जनप्रतिनिधिले नाम सच्याउने निर्णय गरेका थिए।
उच्च लेकमा रहेका याकचौँरीलाई न्यानोका लागि बेँसीमा झारिएको छ । उच्च लेकमा हिमपातका कारण अत्यधिक चिसो बढेसँगै माथिल्लो मुगुका याकचौँरीपालक किसानले याकचौँरीलाई बेँसीमा झारेका हुन् । माथिल्लो मुगुका झन्डै एक सयभन्दा बढी घरधुरीले तीन सयभन्दा बढी याकचौँरी पालेका छन् । सामग्री ढुवानी गर्न र छुर्पीलगायतका उत्पादन गर्न याकचौँरी पालिँदै आएका छन् ।
बलिदानी दिवसको अवसरमा आज (बिहीबार) मधेस प्रदेशमा सार्वजनिक बिदा गरिएको छ । मधेस सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
कर्णालीका सबै मन्त्रालय एकै ठाउँ राख्नेगरी आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारले एकीकृत सरकारी प्रशासनिक केन्द्र भवन योजना अघि सा-यो। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नुका साथै निर्माणका लागि बर्सेनि बजेट विनियोजन पनि हुँदै गए। यद्यपि सङ्घीय सरकारले जग्गा नदिँदा आयोजना कार्यान्वयनमा आउन सकेको छैन। योजना नै अलपत्र अवस्थामा छ।
नारायणी नदी किनारमा आयोजना गरिएको चितवन महोत्सव बुधबार सम्पन्न भएको छ । महोत्सवले २५ करोड रुपियाँको कारोबार गरेको छ । पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन भएको महोत्सवमा अपेक्षा गरेअनुसारको दर्शकको उपस्थितिले कारोबार हुन सफल भएको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले जानकारी दिनुभयो ।
राजस्व अनुसन्धान एकाइ कार्यालय, इटहरीको टोलीले बुधबार विराटनगरका दुई कपडा पसलमा छापा मारेको छ । विराटनगर–९, मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका वस्त्रालयमा सो टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार र कर छली गरेको सूचनाका आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका सूचना अधिकारी एवं अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो ।
प्रदेश १ मा उच्च सम्भावना भएका कृषिमा आधारित उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँचमहिने ‘एक्सिलेटर’ कार्यक्रम सञ्चालन गरिने भएको छ । लगानी आकर्षित गर्ने लक्ष्यसहित बढी सम्भावना भएको कृषि क्षेत्रमा काम गरिरहेका व्यवसायीलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।
गायक एवं सङ्गीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ‘आयो है ल्होछार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सङ्गीतकार दोङकै शब्द र सङ्गीत, जोगलाल लामाको सङ्गीत संयोजन, अर्पण थिङको मिक्सिङ र विनोद लामाको छायाङ्कन रहेको छ। अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गर्नुभएको गीत डोल्मो घिसिङ तामाङले निर्माण गर्नुभएको हो।
लोकरक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको साङ्गीतिक यात्रा गर्ने भएको छ। यात्रामा नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दै छ। नेपथ्य ‘म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर २०२३ नाम दिइएको साङ्गीतिक यात्रा डार्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’बाट प्रारम्भ हुनेछ। चौथो प्रस्तुतिका लागि अस्ट्रेलियाकै केन्द्रीय राजधानी क्यानबेरामा पुग्नेछ।