काठमाडौँलाई तराईसँग जोड्ने द्रुत मार्ग आयोजना निर्माणका क्रममा निस्कने ढुङ्गामाटो (थिग्रो)का कारण मकवानपुरको बकैया गाउँपालिकाका बस्तीहरू वर्षायाममा जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ । द्रुत मार्ग आयोजनाअन्तर्गत सडक र सुरुङ मार्ग निर्माण गर्ने क्रममा निस्कने ढुङ्गा, माटोलगायतको उचित व्यवस्थापन आयोजना र निर्माण कम्पनीले नगर्दा पालिकामा रहेका खोलानाला तटीय क्षेत्रका बस्तीहरू जोखिममा परी स्थानीयवासी विस्थापित हुने अवस्था देखिएको हो ।
पुल निर्माणका लागि पहाड काट्ने क्रम नसकिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः बन्द गरेर काम गरिने भएको छ । एक महिनाअगाडि बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको र अझै बाँकी रहेकाले बन्द गरी निर्माण कार्य गर्न लागेको नारायणगढ–मुग्लिन सडक योजना कार्यालयका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । यसअगाडि बिहान ११ देखि ३ बजेसम्म बन्द गरिँदै आएको सडकमा समय परिवर्तन गरिएको छ । बिहान ११ बजेबाट बन्द गर्दा काठमाडौँबाट बाहिरिँदा समय असहज भएकाले दिउँसो १२ देखि ४ बजेसम्म बन्द गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैङ्कले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । विदेशी मुद्राको सञ्चितिमा दबाब पर्न थालेपछि विदेशी मुद्रा धेरै खर्च हुने आयात निरुत्साहित गर्न राष्ट्र बैङ्कले नगद मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र बैङ्कले २०७८ पुस र माघमा दुई पटक गरेर ४८ समूहका हार्मोनी कोडका वस्तु आयातका लागि प्रतीतपत्र खोल्दा ५० देखि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
चितवन महोत्सव गर्नका लागि नारायणी नदी किनारमा फोहोर हालेर खाल्टो पुरेपछि परेको मुद्दामा सर्वोच्च अदालतले प्लास्टिक र मलमूत्रजन्य फोहोर तुरुन्त निकाल्न अन्तरिम आदेश दिएको छ ।
कमलामाई नगरपालिका–२ की २१ वर्षीया खिनमाया मगरको दैनिक गुजारा गाउँघरमा अर्काको मेलापात गर्दै बित्ने गरेको छ । चार वर्षभन्दा बढी समयदेखि गाउँघरमै कृषि मजदुरको काम गर्दै आएकी खिनमाया ज्यालामा भने हेपिने गरेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “गाउँघरमा मेलापात होस् वा अन्य जोखिमपूर्ण काम, हामी पुरुषसरह सँगै एउटै काम गर्छाैं तर ज्याला भने पुरुषको भन्दा झन्डै आधा कम हुन्छ । समान प्रकृतिको एउटै कामको ज्यालामा महिला कामदार हेपिँदै आएका छन् ।”
खाडी देशमा भन्दा राम्रो कमाइ हुने सपना देखेर टर्की जान एजेन्टलाई लाखौँ रुपियाँ दिएका आठ जना युवा यतिबेला घर न घाटको अवस्थामा पुगेका छन्। २०७६ साल फागुन ११ गते उनीहरूले एजेन्ट राजकुमार लामिछानेको ग्लोबल आईएमई बैङ्कको एकाउन्ट नम्बर १००७०१०००८६३५ मा पैसा जम्मा गरिदिएका थिए। पैसा जम्मा गरे लगत्तै देश कोभिड १९ को महामारीमा प-यो जसले गर्दा एजेन्ट राजकुमारले केही समय पर्खन आग्रह गरे। कोभिडले संसार नै अस्तव्यस्त भएको बेला पीडित युवा पनि लामिछानेका कुरा सुन्न बाध्य भए। कोभिडको पहिलो लहर सकिएपछि लामिछाने सम्पर्कविहीन भए। यतिबेला लामिछानेले कसैको फोन उठाउँदैनन्। मोरङ उर्लाबारी–२ का पीडित दधिराम पोख्रेलले भन्नुभयो, “मेरो दा
कोसी अस्पताल विराटनगरमा जीवित शिशुलाई मृत घोषणा गरिएको घटना छानबिन गर्न समिति गठन भएको छ। अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको हो। अस्पतालमा बिहीबार बसेको बैठकले डा. झासहित बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनतर्फका कर्मचारी रामप्रसाद नेपाल सम्मिलित छानबिन समिति गठन गरिएको हो। समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन भनिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ महामारीपछि कमजोर बन्दै गइरहेको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनस्र्थापना र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार बालुवाटारमा भएको नेपाल–चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उक्त कुरा बताउनुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा रहेको एस्केलेटर र लिफ्टलगायतको डिजाइनमा समस्या देखिएको छ। डिजाइनमा समस्या भएकै कारण यात्रुले दुःख पाउने गरेका छन्।
चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्नुहुन्थ्यो । उहाँहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार दवाडी । यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवालाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजयलाई जापान जाने युवा खोजेर पैसा सङ्कलन गर्ने जिम्मा दिइयो । अजयले आफन्तहरूमा यसको जानकारी गराएपछि सबैले धमाधम पैसा बुझाए ।
गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ।
सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा तीन दिनसम्म विभिन्न सांस्कृतिक प्रस्तुतीसहित कार्यक्रमको आयोजना गरिने भएको छ । सोनाम ल्होछार २८५९ ह्योअी तावर ल्होछार मुल आयोजक समितिद्वारा बिहीबार राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त हुनुभएको छ।
सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गर्नुभएको छ । मेलबर्नमा बिहीबार भएको खेलमा जोकोभिचले फ्रान्सका एन्जो कुवाकोडलाई ३–१ को सेटमा हराउँदै तेस्रो चरणमा प्रवेश गर्नुभएको हो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।