नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक सङ्कटबारे मङ्गलवार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनु भएको छ ।
नदी बगिरहेको देखिन्छ नदी बगिरहेको सुनिन्छ तर नदी लम्बाइ र चौडाइ मात्र होइन न त दौड्ने गति मात्र हो
मैले जिन्दगीमा कयौँ पटक सम्झौता तोडेकी छु सम्झौता तोडेको अभियोग लगायोस् । समयसँगै चल्न नसकेर रहरहरूको हत्या गरेकी छु, हत्यारा आरोप पुष्टि गरियोस् ।
पुराना जीर्ण बनेका घरलाई प्रबलीकरण (रेट्रोफिटिङ) गरेर मर्मत गर्ने प्रविधि भित्रिन थालेको छ । भूकम्पको जोखिममा रहेका पुराना जीर्ण बनेका घरमा जस्ता, तारजालीको प्रयोग गरी बाकसजस्तो बनाई प्रबलीकरण गर्ने प्रविधि भित्रिन थालेको हो । यो प्रविधिमा घरका भित्तामा तारजालीको तेर्सो र ठाडो बन्धन बनाई बाहिर–भित्रबाट कसेर सबलीकरण गरिन्छ ।
कैलाली घोडाघोडी नगरपालिका सुखडका सुदर्शन अधिकारीलाई सानै उमेरदेखि लागूपदार्थ सेवनको लत बस्यो । आमाबुवा रोजगारीका लागि भारतमा रहने र घरमा हजुरआमासँग बस्ने सुदर्शनले साथीभाइको सङ्गतले चुरोट खान सिके । बिस्तारै अन्य नसा लाग्ने पदार्थको सेवनले सुदर्शनलाई नसाबाट बाहिर निस्कनै नसक्ने बनायो ।
कैलालीको वसन्ता वन क्षेत्रमा व्यावसायिक माछापालन गरिएको छ । प्राकृतिक तालमा माछापालनसँगै मानवीय गतिविधि बढ्दै जाँदा ताल वरिपरिका रुख सुक्न थालेका छन् । वसन्ता वनभित्र थुप्रै प्राकृतिक ताल छन् । प्रायः सबै ताललाई माछापालनका लागि ठेक्कामा दिइएको छ । स्थानीय तहका लागि राजस्व आम्दानीको स्रोत बनेका ती प्राकृतिक तालमा व्यावसायिक रूपमा माछापालन भइरहेको छ । प्राकृतिक ताललाई ठेकेदारले आफूखुसी दोहन गर्दा ताल वरिपरिका रुख सुकेको संरक्षणकर्मीको भनाइ छ । कैलारी गाउँपालिका–५ स्थित बैजपुरस्थित रखौना, घोडाघोडी नगरपालिका–१२ स्थित तलबेलुवा, रत्ताही, भजनी नगरपालिका–९ स्थित घोडताल वरिपरि रहेका साल र अस्ना प्रजातिका रुख सुक्दै गएको छ ।
सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको गेरुवा गाउँपालिका जोड्न कर्णाली नदी सन्कट्टी घाटमा पक्की पुल बनाइने भएको छ । पुल सेक्टर नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले ७५० मिटर लामो पुल, पाँच मिटर कालोपत्रे बाटो र एक किलोमिटर नदी नियन्त्रणका लागि ठेक्का भएको जानकारी दिनुभयो । भण्डारीका अनुसार डिजाइनसहित भ्याटबाहेक एक अर्ब तीन करोडको ठेक्का भएको र चार वर्ष पाँच महिनामा काम पूरा हुनेछ । पुल बनाउन निर्माण कम्पनीले नै डिजाइन गर्नेछ भने सडक विभागले स्वीकृत गर्नेछ ।
बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ‘वाटर एटीएम’मार्फत पानी वितरण सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ मा रहेको वाटर एटीएममा पुगेर पानी खाँदै गरेका शिशिर सापकोटाले पसलमा एक बोतल पानीलाई ३५ रुपियाँ तिर्नुभन्दा पाँच रुपियाँले धित मर्ने गरी पानी पिउन सकिने बताउनुभयो। उहाँजस्तै अन्य सर्वसाधारणले पनि वाटर एटीएमबाट तीनदेखि पाँच रुपियाँमा धित मरुन्जेल पानी पिउन सकिने बताएका छन्।
गर्भवतीको अवस्था तथा स्वास्थ्य परीक्षणका लागि शीतगङ्गा नगरपालिकाको चिकित्सकसहितको टोली गाउँगाउँमा पुगेको छ। स्वास्थ्य परीक्षण गर्न भिडियो एक्स–रे बोकेर घरमै चिकित्सकसहितको स्वास्थ्यकर्मी र जनप्रतिनिधि घरआँगनमा पुग्दा स्थानीय खुसी भएका छन्।
बेनी–कुस्मा हुँदै कालीगण्डकी कोरिडोरको विद्युत् प्रसारण लाइन विस्तारका क्रममा पश्चिम नवलपरासीमा मात्र आठ हजार रुख काटिएका छन्। कालीगण्डकी कोरिडोर क्षेत्रमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न नवलपरासीको राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा गरी आड हजार ६०१ वटा रुखहरू काटिएको डिभिजन वन कार्यालय अधिकृत महेन्द्रराज वाग्लेले बताउनुभयो।
प्रदेश सभा सदस्यहरूले शपथ लिएकै दिनदेखि विभिन्न किसिमका सेवासुविधा तथा भत्ता पाउने कानुनी व्यवस्था रहेको छ । प्रदेश सभा सदस्यले मासिक ३६ हजार २४२ रुपियाँ तलब र एक सहायक स्वकीय सचिव राख्न पाउँछन् । सांसदले संसद्को प्रतिबैठक एक हजार भत्ता र ७५० रुपियाँ यातायात खर्च पाउने व्यवस्था छ । गत मङ्सिर ४ को चुनावमार्फत प्रदेश सभा सदस्य चुनिएकामध्येबाट सभामुख र उपसभामुख चयन भइसकेका छन् ।
लमजुङ सदरमुकाम बेँसीसहर आउने एक मात्र डुम्रे–बेँसीसहर सडकको उदिपुर देउरालीडाँडामा पहिरोको पुनः त्रास बढेको छ । हिउँदमा समेत सुक्खा पहिरो जाने गरेका कारण वैकल्पिक सडक निर्माणका लागि स्तरोन्नतिको पहल थालिएको छ । बेँसीसहर नगरपालिका–८ को प्रशासन चोक हुँदै बाँझाखेत भएर आँपचौर, चितीको बरबोट, रिट्ठेबगर हुँदै मस्र्याङ्दी नदीपारिको बाटो उदिपुरसम्म वैकल्पिक सडक स्तरोन्नतिको पहल थालिएको छ ।