बाँके जिल्लामा यस वर्ष वर्षा ढिलो हुँदा १५ असार अर्थात धान दिवसका दिन बुधवारसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । सो कार्यालयका प्रमुख सागर ढकालकाअनुसार गत वर्ष धान दिवसको दिनसम्म पुग्दा जिल्लामा ४५ प्रतिशत रोपाई सकिएकोमा यस वर्ष वर्षा नहुँदा हालसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो ।
चितवनस्थित शिवनगर गाविस वडा नम्बर ८ स्थायी घर भई हाल काठमाडौं–२ बस्ने ४१ वर्षीय बबिता पन्त पौडेल पक्राउ परेकी हुन् ।
सर्लाहीको गोडैता नगरपालिका –४, रोहुवामा अलकत्राको ट्याङ्कर पड्किँदा सात जना घाइते भएका छन् । हुलाकी सडकमा कालोपत्रे गर्न तातो अलकत्राको ट्याङकर वेल्डिङ गर्नेक्रममा पड्किँदा छ जना कामदार र एक जना स्थानीयवासी घाइते भएका हुन् ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदवाट राजिनामा दिनुभएको छ । राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसी समक्ष राजीनामा बुझाउनु भएको लुम्विनी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताउनुभयो ।
मोरङमा लगातारको वर्षाका कारण ३६७ घरधुरीका एकहजार ३६८ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठकाअनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ । मंगलबारदेखि लगातार परेको वर्षा बुधबार समेत जारी छ ।
अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै स्तब्ध हुनुभएको छ । मंगलबार राति भएको खेलमा सेरेना फ्रान्सकी खेलाडी होरमोनी टानसँग पराजित हुनुभएको हो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ ताप्लेजुङले स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ । जिल्ला महासङ्घले सामुदायिक वन क्षेत्रमा क्रियाशील रही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विभिन्न पदमा निर्वाचित हुने जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले वर्षामा विपद् व्यवस्थापन तथा प्रकोप न्यूनिकरण गर्न प्रत्येक जिल्लामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मंगलबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
झापामा अविरल वर्षाका कारण विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवतजावतमा समस्या हुन थालेपछि झापाको हल्दिबारी गाँउपालिका र शिवसताक्षी नगरपालिकाले सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएका छन् ।
पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।
रेसुंगा नगरपालिकाले निर्माण गरेको हाटबजार अहिले गाडी पार्कको रुपमा परिणत भएको छ । किसाले उत्पादन गरेका वस्तुलाई सहज रुपमा विक्री वितरण गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको हाटबजार अहिले नगरपालिकाका सवारी साधन र विद्यालयको बस पार्किङको रुपमा परिणत भएको छ ।
भवन अभावमा विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य छन् । तर, ५० लाख रुपियाँको विद्यालय भवन निर्माण सम्पन्न नहुँदै जिर्ण बनेको छ । निर्माणाधिन भवन तीन वर्षदेखि अलपत्र छोड्दा माकुराले जालो लगाएको छ भने भित्ताका ढुङ्गा खस्न थालेका छन् ।
गएरातीबाट शुरु भएको बर्षाले बाँके जिल्लाका नदी र खोलाहरुमा पानीको सतह बढ्न थालेपछि संवेदनशिल क्षेत्रमा ‘हाइ अलर्ट’ (उच्च सतर्कता) अपनाईएको छ । यस वर्ष बाढी र डुबानबाट जिल्लाका ५० हजार नागरिक प्रभावित हुने आकलन पहिलेनै गरिसकेकोले मनसुन शुरु भै नदी खोलाहरुमा पानी बढ्न थालेपछि जिल्लामा हाइ अलर्ट जारी गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्वाधीनताको रक्षा एवम् समाजवादको आधार निर्माण गर्ने अभियानमा अघि बढ्न नेता कार्यकर्तामा आव्हान गर्नुभएको छ ।