स्थानीय सरकारले घरमा सुत्केरी हुने महिलाको सेवासुविधा रोक्ने गरेको छ तर स्वास्थ्य संस्थाको प्रसूतिसेवा नौ महिनादेखि बन्द गरेको पाइएको छ। बैतडीको दशरथचन्द नगरपालिका–११, नागार्जुन स्वास्थ्य चौकीको प्रसूतिसेवा बन्द हुँदा गर्भवती महिला समस्यामा परेका छन्।
निर्माण ठेक्का लागेको ११ वर्षमा कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशामा स्थानीय छन्। निर्माण कम्पनीले चरम लापरबाही गर्दा कैलालीको भजनी नगरपालिका–३, ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिलो भएको थियो। पुलको एउटा स्पामको ढलान भएपछि पुल बन्ने आशा पलाएको भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले बताउनुभयो।
बाजुराका गाउँबस्तीमा सामान ढुवानी गर्ने साधनका रूपमा गधा र खच्चडको प्रयोग हुन्थ्यो। गाउँगाउँमा कच्ची सडक पुगेसँगै गधा र खच्चडको प्रयोगमा कमी आउन थालेको छ। साबिकका बाह्रबिस, नौबिस, छतारा, तोली, बह्रतोला, कैलाशमाण्डौँ, मार्तडी, जडाङ्गा, मानाकोट, दहकोट र जिल्लाको पूर्वीउत्तर क्षेत्रका पाण्डुसैन, कोल्टी, बाँधु, बिछ्या, जगनाथ, वाई, साप्पाटालगायतका स्थानीयले गधा र खच्चडमार्फत नै दैनिक उपभोग्य सामग्री ढुवानी गर्थे। २०७२ सालमा साँफे–मार्तडी राजमार्ग सञ्चालन भएसँगै बाजुराका अधिकांश गाउँमा गाडी चल्न थालेको छ। त्यसपछि गधा र खच्चडको प्रयोगसमेत बिस्तारै कम हुन थालेको हो।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा १० महिनादेखि हवाई उडान बन्द भएको छ। करिब तीन वर्षअघि ११ करोड रुपियाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको विमानस्थल कालोपत्रे गरिएको थियो।
गाउँमा स्वास्थ्य संस्था थिएनन्। सामान्य रोगले च्याप्दा पनि उपचारका लागि जिल्ला सदरमुकाममा रहेको अस्पताल पुग्नुपथ्र्यो। कमजोर आर्थिक अवस्थाका कारण ऋण गरेर उपचारका लागि सदरमुकाम पुग्न सजिलो थिएन। दैलेखको दुल्लु नगरपालिका–१० की गीता थापाका लागि ती दिन निकै कष्टपूर्ण थिए तर अहिले त्यस्तो छैन। गाउँमै स्वास्थ्य चौकी छ। उहाँका लागि बिरामी हुँदा जचाउने पहिलो अस्पताल त्यही हो। घरआँगनमै सेवा पाउँदा निकै सहज भएको गीता बताउनुहुन्छ।
जिल्लाको छायानाथ रारा नगरपालिकाको बाम, थार्प, रुगा कर्णालीस्थित भट्टेचौरको कर्णाली नदीको घाट बीचमा निमार्णाधीन मोटरेबल पुलको योजना निर्माण सुरु नहुँदै विवादमा पर्दा अलपत्र परेको छ। निर्माण कम्पनी आशिष पृथ्वी जेभीले जिम्मा पाएको उक्त पुल निर्माण योजना निर्माण कम्पनीले काम सुरु गरेको भन्दै योजनाको एक करोड ९० लाख ९२ हजार रुपियाँ लगिसकेको छ। भौतिक तथा पूर्वाधार विकास कार्यालय मुगुकाअनुसार साबिकको जिल्ला विकास समिति र आशिष पृथ्वी जेभी सुके
कर्णाली प्रदेशमा मुख्य न्यायाधिवक्ताको कार्यसम्पादनमाथि प्रश्न उठेको छ। पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २१ गते आयोजित कार्यक्रममा सरकारको कानुनी सल्लाहकारले आफ्नो दायित्व नबुझेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो। कर्णाली प्रदेश सभाको वार्षिकोत्सव समारोहमा उहाँले भन्नुभयो, “मुख्य न्यायाधिवक्ता बनायौँ, एउटा पनि मुद्दा फस्र्योट भएन।”
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सबै उम्मेदवारले चुनावी मुद्दा बनाएको नेपालगञ्ज–सल्यान पर्यटकीय सडक निर्माण सुरु गर्न स्थानीयवासीले दबाब दिन थालेका छन्। बाँकेको चप्परगौँडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय सडकको निर्माणलाई निर्वाचनमा सबै राजनीतिक दलले आफ्नो चुनावी एजेन्डा बनाएका थिए। यो सडकको निर्माण २०१५ सालबाट नै केही उम्मेदवारको चुनावी नारा बन्दै आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन, लापरबाही तथा ध्वनि प्रदूषण गरी तीव्र गतिमा सवारी चलाउनेलाई कारबाही थालेको छ। सवारी नियम उल्लङ्घन गर्ने विभिन्न कम्पनीका ५० वटा मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको सो कार्यालयले जनाएको छ। जिल्ला ट्राफिक प्रहरीका अनुसार, यही माघ २६ र २७ गते दुई दिनको अवधिमा ५० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।
गण्डकी प्रदेश कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले वास्तविक किसानको दर्दनाक अवस्था रहकाले उनीहरूको आर्थिक अवस्था परिवर्तनका लागि नीति बनाएर अगाडि बढ्ने बताउनुभएको छ। गण्डकी प्रदेशका किसानको संरक्षणका लागि सङ्घ र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने उहाँको भनाइ छ।नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ९ बजेपछि बैठक बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभयो । सम्भवतः यही सम्बोधन राष्ट्रप्रमुखका रूपमा संसद्मा अन्तिम पनि हो । झन्डै एक घण्टा लामो सम्बोधनमा राष्ट्रपति भण्डारीले राष्ट्रका मूलभूत समस्या, तिनका निराकरणमा लिनुपर्ने नीतिगत मार्गनिर्देशलाई प्रमुख प्राथमिकता दिनुभयो । यसमा राष्ट्रप्रमुखका रूपमा उहाँको सातवर्षे अनुभवसमेत समाहित छ । अर्को महिना दोस्रो कार्यकाल सम्पन्न गर्नुहुने राष्ट्रपति भण्डारीले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा विकास, समृद्धि र नागरिकलाई सुखी बनाउने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सुस्त विका
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुईदिने भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्र सचिवको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेको जानकारी मन्त्रालयले दिएको छ । भ्रमणका क्रममा क्वात्राले समकक्षीसँग औपचारिक छलफल गर्ने कार्यक्रम छ । दुईपक्षीय सहकार्यका विभिन्न पक्ष कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुनेछ ।
पछिल्लो समय राज्यको नीति निर्माण तहमा महिलाको सङ्ख्या उल्लेखनीय रूपले बढ्न थालेको छ । राज्यले महिलालाई विश्वास गरेर निर्णायक तहबाट हुने कार्यको जिम्मेवारी दिन थालेपछि प्रशासनमा महिलाको नेतृत्व स्थापित हुँदै गएको हो । निजामती सेवाको उच्च तहमा उत्साहजनक रूपले सहभागिता नबढे पनि सबै तहको सङ्ख्या हेर्दा यस क्षेत्रमा महिलाको आकर्षण भने सन्तोषजनक रहेको छ । सो स्थानमा पुगेका महिलाले उत्कृष्ट कार्यसम्पादन गरेर राज्यको हितका लागि योगदान दिएका पनि छन् ।
शिक्षा आदर्श र कर्मशील मानव जीवन तयार गर्ने साधन हो । शिक्षा विकास–निर्माणको पूर्वाधार मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, वैज्ञानिकलगायतका क्षेत्रको विकासको जग हो । आजका विकसित राष्ट्रले शिक्षालाई व्यावहारिक, वैज्ञानिक, सिर्जनशील, अनुसन्धानमूलक बनाउन सकेकाले उनीहरू विकासको सोपान चढ्न सफल भए । आर्थिक, प्रशासनिक, कृषि, विज्ञान, प्रविधि, राजनीतिक लगायतका क्षेत्रमा विकास विकास गरे । प्रकृतिमा रहेका खानी खजानाहरूको खोज, अनुसन्धान, उत्खनन एवं उपयोग गरे । हाम्रो देशको सन्दर्भमा यसो हुन सकेको छैन ।