शुद्ध तेल उपभोग गर्ने सहरी उपभोक्ताहरू किसानका खेतमै पुगेर तोरी ‘बुकिङ’ गर्न थालेका छन् । भान्सामा प्रयोग हुने अशुद्ध तेलका कारण अनेक रोग लाग्ने बुझाइले उपभोक्ताहरू तोरी बुकिङ गर्न खेतमा पुग्नेगरेका हुन् ।
बजारमा पछिल्लो दुई साता यता तरकारीको भाउ ह्वात्तै घटेपछि किसान चिन्तामा परेका छन् । किसानबाट सस्तोमा तरकारी खरिद गरी महँगोमा बेच्ने बिचौलियाहरूलाई फाइदा भएको किसानको भनाइ छ ।
टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् भने प्रतिकूल मौसमको प्रवाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ ।
नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ ।
घना जङ्गल । बीचमा एउटा पोखरी थियो । त्यहाँ एउटा सुन रङको भ्यागुतो बस्थ्यो । सुनको झैँ रङ भएकाले उसलाई सुनरङ्गे भ्यागुतो भनेर पोखरीभरि चिनिन्थ्यो । हुनत त्यो पोखरीमा माछा, कछुवा, सर्पहरू पनि थिए । तापनि त्यो भ्यागुतो फरक खालको थियो । सुनरङ्गे भ्यागुतो कहिल्यै पनि अरूलाई सताउँदै
म कक्षा ४ मा पढ्छु । म नौ वर्ष पुग्न लागेँ । साथीहरू ! म मङ्सिर २४ गते (शनिबार) म मेरो परिवारको साथमा काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) हेर्न राष्ट्रिय सभा गृह (सिटी हल) गएको थिएँ । राष्ट्रिय सभा गृह काठमाडौँको भृकुटीमण्डप रोडमा रहेको छ । डिसेम्बर ८ देखि १२ सम्म सञ्चालन भएको यो २०औँ फेस्टिभल हो रहेछ । यहाँ ३० देशका ६० वटाभन्दा बढी डकुमेन्ट्री तथा लामो र छोटा फिल्म देखाइएको थियो ।
“ऐया ! नपिट्नुहोस् न । मलाई कति सताउनुभएको ?” रमाले रुँदै आफ्नी दिदी रमिलालाई भनी । “तैँले चाहिँ मेरो सामान किन छुनुपर्ने नि हँ ?” रमिलाले थर्काउँदै भनी । रमिला छ वर्षकी हुँदा रमा जन्मिएकी थिइन् । रमिलाले रमालाई सधैँ जिस्काउँथी र रमा भने नरोएको दिनै हुँदैनथ्यो । यी दिदीबहिनीबीच माया भने असाध्यै धेरै थियो तर त्यो माया बाहिर कहिल्यै देखिँदैनथ्यो । उनीहरू एउटै विद्यालयमा पढ्थे । एक जना ९ कक्षामा पढ्थी भने अर्कीले कक्षा २ मा पढ्थी । उनीहरूकी आमा पनि रमा र रमिलादेखि वाक्क परिसक्नुभएको थियो ।
समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा छलफल हुने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
स्थानीय सरकारले घरमा सुत्केरी हुने महिलाको सेवासुविधा रोक्ने गरेको छ तर स्वास्थ्य संस्थाको प्रसूतिसेवा नौ महिनादेखि बन्द गरेको पाइएको छ। बैतडीको दशरथचन्द नगरपालिका–११, नागार्जुन स्वास्थ्य चौकीको प्रसूतिसेवा बन्द हुँदा गर्भवती महिला समस्यामा परेका छन्।
निर्माण ठेक्का लागेको ११ वर्षमा कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशामा स्थानीय छन्। निर्माण कम्पनीले चरम लापरबाही गर्दा कैलालीको भजनी नगरपालिका–३, ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिलो भएको थियो। पुलको एउटा स्पामको ढलान भएपछि पुल बन्ने आशा पलाएको भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले बताउनुभयो।
बाजुराका गाउँबस्तीमा सामान ढुवानी गर्ने साधनका रूपमा गधा र खच्चडको प्रयोग हुन्थ्यो। गाउँगाउँमा कच्ची सडक पुगेसँगै गधा र खच्चडको प्रयोगमा कमी आउन थालेको छ। साबिकका बाह्रबिस, नौबिस, छतारा, तोली, बह्रतोला, कैलाशमाण्डौँ, मार्तडी, जडाङ्गा, मानाकोट, दहकोट र जिल्लाको पूर्वीउत्तर क्षेत्रका पाण्डुसैन, कोल्टी, बाँधु, बिछ्या, जगनाथ, वाई, साप्पाटालगायतका स्थानीयले गधा र खच्चडमार्फत नै दैनिक उपभोग्य सामग्री ढुवानी गर्थे। २०७२ सालमा साँफे–मार्तडी राजमार्ग सञ्चालन भएसँगै बाजुराका अधिकांश गाउँमा गाडी चल्न थालेको छ। त्यसपछि गधा र खच्चडको प्रयोगसमेत बिस्तारै कम हुन थालेको हो।