प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासन प्रणाली भएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई बलियो बनाउन सङ्घीय सरकारले आवश्यक कानून बनाएर पर्याप्त अधिकार दिनुपर्ने बताउनुभएको छ ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार हुने भएको छ । होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्ला घारीमा हुनेछ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीले नेपाललाई खेल मैदान बनाउन खोजेको आरोप लगाउनु भएको छ । मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्ताव स्वीकार गरेर सरकारले गल्ती गरेको उहाँले टिप्पणी गर्नुभयो । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।
आयोजक लोयल्टी एकेडेमी ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनल खेलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले हरायो ।
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल क्लब सङ्कटाले प्रायोजकको रूपमा खेलकुद सामाग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीको साथ पाएको छ ।
सेन्टिमेन्टल भर्सनको 'भिझाएर आँशु' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार सिताराम अग्रहरी नियुक्त हुनुभएको छ ।मुख्यमन्त्री निवासमा शनिबार मुख्यमन्त्री यादवले वरिष्ठ पत्रकार अग्रहरीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।
रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको छ ।
विश्वकर्मा समुदायको पुर्ख्यौली व्यवसायका रूपमा आरन व्यवसायलाई लिइन्छ । यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्य जसो चलाइन्थ्यो ।
डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ । जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी हवलदार विनोद थापाका अनुसार आर्थिक वर्ष २०७९–८० को साउनदेखि माघ मसान्तसम्म सात महिनामा सवारी कारबाहीबाट मात्र ६ लाख ३२ हजार रुपियाँ राजस्व उठेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक एजेण्डाको रूपमा अघि बढाएर यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६ः४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताउनुभएको छ ।
इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् ।