भारतीय चलचित्र ‘मिराई’ को काठमाडौंमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिनुभयो ।
विष्णुमती नदीलाई छुने काठमाडौं महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग गर्नुभएको छ ।
सरकारले कोभिड-१९ लगायत अन्य सङ्क्रमण रोगमा सावधानी अपनाउन सचेतनासहितका जनस्वास्थ्य मापदण्ड पालनाका सूचना प्रवाह गर्न आग्रह गरेको छ।
जिल्लाको रम्भा –१, पीपलडाँडामा प्रहरीको आधुनिक भवन निर्माण भएको छ । लुम्बिनी प्रदेश सरकारको एक करोड ९८ लाख लागतमा सुविधा सम्पन्न भवन बनेको हो ।
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैङ्कमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्न माग गर्नुभएको छ।
चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ ।
पाल्पामा चैते धान लगाउनेक्रम घटेको पाइएको छ । केही वर्ष अघिसम्म पाल्पाका अधिकांश फाँटहरूमा चैत धानखेती हुनेगरेकोमा पछिल्ला वर्षमा चैत धानखेती गर्नेक्रम घटेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सबल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दा सर्वोच्च अदालतले मङ्गलबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
तनहुँ–१ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् ।
निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्गकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मङ्गलबार) अवलोकन गर्नुभएको छ ।