प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्गको अवलोकन–निरीक्षण गर्नुभएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गर्नु भएको छ ।
२७ दिनदेखि आन्दोलनरत प्रदर्शनकारी मंगलबार प्रदर्शनको क्रममा पक्राउसमेत परेका छन् ।
विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्धारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले किसान र सडकका विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ ।
नेपाल नेल (नङ) आर्टिष्ट उत्पादनका लागि आकर्षक गन्तव्य बनेको छ । सौन्दर्यका लागि कृत्रिम नङ राख्ने तथा डिजाइन गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हबको रूपमा विकास हुँदैगएको छ ।
प्रतिनिधि सभा बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गर्नुभयो ।
खानेपानीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साबिककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।
बाँकेमा लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण सुरु भएको पक्की पुलको निर्माणमा ढिलाइ भएको छ । पुल निर्माणमा ढिलाइ भएपछि वर्ष दिनभन्दा बढी समयदेखि नागरिकलाई आवागमनमा असहज भएको छ ।
भारतीय चलचित्र ‘मिराई’ को काठमाडौंमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिनुभयो ।
विष्णुमती नदीलाई छुने काठमाडौं महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग गर्नुभएको छ ।
सरकारले कोभिड-१९ लगायत अन्य सङ्क्रमण रोगमा सावधानी अपनाउन सचेतनासहितका जनस्वास्थ्य मापदण्ड पालनाका सूचना प्रवाह गर्न आग्रह गरेको छ।
जिल्लाको रम्भा –१, पीपलडाँडामा प्रहरीको आधुनिक भवन निर्माण भएको छ । लुम्बिनी प्रदेश सरकारको एक करोड ९८ लाख लागतमा सुविधा सम्पन्न भवन बनेको हो ।