अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक दबाब, चीनको आक्रामक आर्थिक रणनीति र रुसको हाइब्रिड खतराको सामना गर्दै युरोपेली सङ्घ (इयु) का २७ राष्ट्रका नेता बेल्जियमको ऐतिहासिक एल्डेन बिसेन महलमा बिहीबार रणनीतिक बैठकमा जुटेका छन् ।
दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ-मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गर्नुभएको संक्षिप्त मार्सल ल कार्यान्वयनमा सहयोग गरेको अभियोगमा बिहीबार सात वर्षको जेल सजाय सुनाइएको छ ।
सन् २०२४ को जेन-जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी १६ वटा उजुरी परेका हुन् ।
आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा नेपालले इटालीविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । इटालीले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्ने भएको हो ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा भोट माग्न गएका रौतहट क्षेत्र नम्बर ४ का एक उम्मेदवारलाई मतदाताले कृषि औजार उपहार दिएका छन् ।
धनकुटा नगरपालिका –५, स्थित कर्मिटारमा रहेको सुनौलो जीवन सुधार तथा उपचार केन्द्रबाट बाह्र जना फरार भएका छन् । बिहीबार बिहान केन्द्रको भवनबाट सुरक्षा घेराको तारबार तोडेर फरार भएका हुन् ।
धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको पञ्चकोटमा आन्तरिक पर्यटकहरूको आगमन बढेको छ । बागलुङ नगरपालिका-६, भान्सामा पर्यटकीय संरचना थपिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
कोशी प्रदेशमा सञ्चालन हुने विकास आयोजनाहरूलाई थप पारदर्शी र सुशासनको महसुस गराउन सरकारले आयोजना बैंकको विधि अवलम्बन गर्ने भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिस्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म पुँजीगततर्फ १० दशमलव ४३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार नेपालगन्जमा आयोजना गरेको अर्धवार्षिक समीक्षा तथा तथ्याङ्क साक्षरता कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।
आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी समाचार सङ्कलन र सम्प्रेषण प्रक्रियालाई थप छरितो, व्यवस्थित तथा विश्वसनीय बनाउने विषयमा जिल्लास्थित नेपाल प्रहरी र सञ्चारकर्मीबिच छलफल भएको छ ।
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित बनाउने उद्देश्यले कालीकोटमा निर्वाचन प्रहरी (म्यादी) लक्षित अभ्यास प्रदर्शन गरिएको छ ।
आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपालले इटालीविरुद्ध जित निकाल्नु पर्नेछ।