काठमाडौँको कलङ्कीस्थित घ्याङ्खेलमा सस्तो मूल्यमा सुन दिने प्रलोभन देखाई ६० लाख रुपियाँ लुटपाट गर्ने समूहका थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिनुभएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा उम्मेदवारहरू घरदैलोका लागि तराईबाट पहाड चढ्न थालेका छन् । भित्री मधेस र तराईसहित जिल्लाको ठुलो भूभाग पहाडी क्षेत्रमा पर्छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर र बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-४, मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग(पिएसएल) खेल्न ३१ लाख रुपियाँ (६० लाख पाकिस्तानी रुपियाँ) मा अनुबन्ध हुनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदाताको निकै माया र विश्वास पाएको बताउनुभएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत मडाहा पुल नजिक बिहीबार अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना नाबालक र आठ जना महिला छन् ।
आसन्न फागुन २१ को निर्वाचनको लागि हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु आइपुग्नुभएको छ ।
मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनायो ।
रुकुमपश्चिमका युवाहरूले अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती, शारीरिक रूपमा अस्वस्थ व्यक्ति तथा अस्वस्थ मतदाताको मतदान प्रक्रियालाई सहज बनाउनुपर्ने माग गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल औषधी उत्पादक सङ्घको दशौँ ‘नेपाल फर्मा एक्स्पो २०२६’ आगामी फागुन २८, २९ ३० गते काठमाडौँमा हुने भएको छ ।
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलतामा अगाडि बढाउने योजनाका साथ कांग्रेस चुनावमा होमिएको बताउनु भएको छ ।
म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । धवलागिरि गाउँपालिका–४, केराबारीस्थित बेनी–नाउरा सडक खण्डमा बिहीबार ग १ ज ७२२२ नम्बरको जिप दुर्घटना भएको हो ।