संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ ।
युरोपेली सङ्घ (इयु)ले चीन र संयुक्त राज्य अमेरिका दुवैप्रति आफ्नो निर्भरता पुनःमूल्याङ्कन गरिरहेका बेला बेइजिङले जर्मनीसँगको सम्बन्धलाई ‘नयाँ स्तरमा’ पुर्याउने स्पष्ट सङ्केत दिएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न चाहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उहाँले देशको नेतृत्व गर्नकै लागि आफूहरू राजनीतिमा आएको बताउनुभएको हो ।
राष्ट्रिय महिला आयोगले निर्वाचनमा खटिएका पर्यवेक्षक तथा सम्वन्धित सबै सरोकारवालाले निर्वाचन महिला, बालबालिकामैत्री वातावरणबारे पनि सर्वेक्षण गर्न आव्हान गरेको छ ।
आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकारमा रहँदा विकास निर्माणका लागि छुट्याएको कार्यक्रम वर्तमान सरकारले हटाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । संसदबाट अनुमोदन भएको बजेटका विकास कार्यक्रम कटौती गर्नु अनुचित काम भएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुथा उत्तरगङ्गा गाउँपालिका–६, मयाङमा भेटघाट गर्नुभएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले पृथ्वीसुब्बा गुरुङ लमजुङको माटोसँग घुलमिल नेता हुनुभएकाले उहाँलाई जनताले सदैव सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
जाउलाखेल युथ क्लब पोखरामा जारी २५औँ संस्करणको आहारारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
बिहीबार भएको स्कुल बस दुर्घटनामा धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार गराइरहेका सबै घाइते विद्यार्थी डिस्चार्ज भएका छन् ।
पोख्रेली व्यावसायिक घराना कर्माचार्य ग्रुपद्वारा स्थापित स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा ‘स्व. लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गौला पीडित सहयोग कोष’ ले शनिबार मिर्गौला रोगीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आसन्न प्रतिनिधिसभाको निर्वाचनको तीथि नजिकिँदै जाँदा चुरे संरक्षणको मागलाई पनि वन तथा वातावरण क्षेत्रका अगुवाहरुले प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् ।
एम्पुटी खेलकुद समाज नेपालको आयोजानमा सोमबार र मङ्गबालर एम्पुटी फुटबल च्याम्पियनसिप हुने भएको छ ।
मोरङको विराटनगर –५ पुलचोकमा आइतबार राति भएको सवारी दुर्घटनाले लागुऔषध तस्करी सञ्जाल सक्रिय रहेको भेटिएको छ । बा ८ च ६५०८ नम्बरको स्कोरपिओ अनियन्त्रित भइ सडक छेउको खाल्डोमा खसेपछि प्रहरीले गाडीभित्र लुकाइछिपाइ राखिएको ४२० किलो गाँजा बरामद गरेको हो ।