महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।
धादिङमा आयुर्वेद सेवाप्रति आकर्षण बढ्दो छ तर आयुर्वेद अस्पतालमा बिरामी भर्ना गरेर उपचारार्थ राख्न सक्ने अवस्था छैन । पछिल्लो समयमा आयुर्वेद सेवातर्फ सेवाग्राहीको आकर्षण बढेको र धादिङमा दैनिक ८० जनाभन्दा बढीले सेवा लिने गरेको जिल्ला आयुर्वेद कार्यालय धादिङका प्रमुख डा. अमुल्य दाहालले बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ ।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सात वर्षअघि नै निर्माण सकिनुपर्ने कटुवाखोलादेखि नेत्रलाल अभागी चोकसम्मको सडक अझै पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०७०/७१ मा कटुवाखोलादेखि सहिद नेत्रलाल अभागी चोक (सिटी प्लाजा) सम्मको एक हजार ४५० मिटर सडकमा स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि ११ करोड ६४ लाख १२ हजार ६५३ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
सेतो चुनाले रङ्गिएको चार कोठे भवन सुनसान छ । भवनबाहिर खानेपानीको टङ्की देखिन्छ तर भूतको डरले यहाँ कर्मचारी बस्दैनन् । यो रित्तो भवन बैतडीका तीन वटा स्थानीय तह कार्य क्षेत्र भएको सबडिभिजन वन कार्यालय मेलौलीको हो । मेलौली नगरपालिका–६ को जेवलासैनीस्थित सबडिभिजन वन कार्यालयको भवनमा भूतले तर्साउने गरेको भन्दै यहाँका कर्मचारी मेलौली नगरपालिका–१, हरिपुर बजारमा घरभाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् । निजी घरको मासिक आठ हजार रुपियाँ भाडा तिर्ने गरिएको छ ।
नेकपा एमालेको सचिवालय बैठक बालकोटमा सुरु भएको छ । पछिल्लो राजनीतिक घटना क्रम तथा टिआरसी विधेयक सम्बन्धमा छलफल गर्न बैठक आकस्मिक रूपमा बसेको अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई विपत्को समयमा कसरी सही र आधिकारिक सूचना सञ्चार गरी जोखिम कम गर्ने भन्ने विषयमा दुईदिने अभिमुखीकरण आयोजना गरिएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कर्णाली प्रदेशका जिल्ला जनस्वास्थ्य प्रमुख, पालिकाका जनस्वास्थ्य शाखामा कार्यरत संयोजक एवं अन्य स्वास्थ्यकर्मीका लागि जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्वन्धी अभिमुखीकरण आयोजना गरिएको हो । विपत्को समयमा आधिकारिक र सही सूचनाको अभावमा अफवाह बढी फैलने र जसका कारण सर्वसाधारणमा त्रासको वातावरण हुने भएकाले स्वास्थ्यकर्मीले समयमै आधिकारिक र सही सूचना प्रवाह गर्न सके सम्भावित जोखिम कम हुन्छ ।
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश लोकमार्गसम्बन्धी विधेयक ल्याउन तयारी थालेको छ । दुर्घटना र सडकको दुरवस्थालाई मध्यनजर गर्दै सरकारले विधेयक तयारी थालेको हो । प्रदेशभित्रका लोकमार्ग र अन्य सडकको दिगो र स्तरीय विकास गर्दै नागरिकलाई शीघ्र, सरल, सुरक्षित, मितव्ययी र आरामदायी आवागमनको प्रत्याभूति गर्न सडक विधेयक ल्याउन थालिएको हो । कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले विधेयक दर्ता गरेको हो ।
विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताउनुभयो ।
घरभित्र सुताइ राखेको ओछ्यानमा आगो सल्किएर एक शिशु गम्भीर घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका-८ बारलाका विन्द्रा विकका ४५ दिनका शिशु गणेश विक गम्भीर घाइते भएका हुन् ।
हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।
नवलपुरदेखि चर्को ढुवानी गरेर सरकारी कार्यालयदेखि निजी घर बनाउन प्रयोग हुने इँटा अहिले गाउँमा नै बनाउन थालिएको छ । जिल्लाको पहाडी बुलिङटार र बौदीकाली गाउँपालिकामा सरकारी कार्यालय र निजी आवास बनाउने क्रम बढ्दो छ । नवलपुरबाट प्रतिगोटा १० रुपियाँ भाडा तिरेर इँटा खरिद गर्न बाध्य भएका स्थानीय सरकार र व्यक्तिले अहिले गाउँमा नै इँटा खरिद गरेर भवन निर्माण गर्न थालेका बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो ।
अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् ।
बागलुङ नगरपालिका–६ स्थित प्रसिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोटमा धार्मिक पर्यटकको ओइरो लागेको छ । धार्मिक पर्यटकका कारण पञ्चकोट दैनिक जसो भरिभराउ देखिएको छ । पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दर्शन र अवलोकन गर्न देशभरबाट भक्तजन पञ्चकोट पुग्ने गरेका छन् । फागुन ९ देखि सुरु भएको ब्रह्माण्डीय महायज्ञको धार्मिक प्रवचनमा सहभागी हुन, दान गर्न, पूजाअर्चना र दर्शन गर्न देशका विभिन्न जिल्लाबाट दैनिक रूपमा हजारौँको सङ्ख्यामा धार्मिक पर्यटकको आगमन भएको आयोजकले जनाएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउने अमूल्य प्राकृतिक उपहार हो । सात दशकअघि सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएपछि सगरमाथामा विश्वकै ध्यानाकृष्ट हुन थाल्यो । सगरमाथा अर्थात् विश्वले चिन्ने माउन्ट एभरेस्टको आरोहण गर्न विश्वकै आरोहीहरूको सपना हुने गर्छ तर सगरमाथा आरोहण सहजै र जो कोहीले सम्पन्न गर्न सक्ने काम होइन । आँटिलो, अनेक अभ्यासका साथै धेरै बन्दोबस्तीका साथ सम्भ