यु –१३ अन्तर विद्यालय २०८० को उपाधि द ओल्डक्यापिटल माविले हात पारेको छ ।लक्ष्मी सामुदायिक शिक्षा सदनलाई २–० गोलले पराजित गर्दै द ओल्ड क्यापिटल माविले उपाधि जित्न सफल भएको हो ।
कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ ।
इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले इजिप्टले ८० प्रतिशतभन्दा बढी मानवीय सहायता गाजामा पुर्याउन योगदान गरेको बताउनुभएको छ ।
बेलहिया नाकामै पर्यटकलाई लक्षित गर्दै अस्थायी पटके इजाजत पत्र (रुट पर्मिट) सेवा सुरु भएको छ ।
वनले अनुमति नदिँदा कैलालीको लम्कीचुहा नगरपालिकामा मोहनलाल नगर उद्यान निर्माण कार्य अन्योल बनेको छ ।
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैङ्कका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैङ्कबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गर्नुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्य वडाभित्रका प्रत्येक नागरिकको घरघरमा पुग्नुहुन्छ । साँझबिहान जसो दलबलका साथ उहाँ हरेक नागरिकको घरको ढोका ढोकामा पुगेर ‘घरदैलो’ गर्नुहुन्छ ।
केन्दीय प्रहरी कार्यलयले वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका २ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी पक्राउ गरेको हो।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई ) सञ्चालनमा लागि जिल्लाबाट छ वटा परीक्षा केन्द्रहरू सिफारिस गरिएको छ ।
सुनसरीको इनरुवामा सुरक्षामा खटिदैआएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको आयोजनमा उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको हो ।
बिस वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका इन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थाल्नुभएको छ ।
पाल्पाको तानसेनमा कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजनामा शनिबारदेखि तानसेनको टुँडिखेल मैदानमा पहिलो पटक महोत्सव आयोजना गरिएको हो ।