• १३ मंसिर २०८१, बिहिबार

प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम

blog

कार्यक्रमका सहभागीहरु ।

जयकृष्ण यादव 

इनरुवा, फागुन २० गते । सुनसरीको इनरुवामा सुरक्षामा खटिदैआएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको आयोजनमा उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको हो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतदेखि जुनियर कर्मचारीसम्मलाई दैनिक जीवनमा सुखी र खुसी हुँदै सेवा प्रवाह गर्न प्रेरित गर्ने उद्देश्यसाथ उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । 

आर्चायका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेडक्वाटर इनरुवा सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत युनिट इन्चार्जहरू लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू समेत गरी १८० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ ।