पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबारको घटनापछि पोखराको जनजीवन प्रभावित हुँदैगएको छ । मङ्गलबारबाट कास्कीसहित गण्डकी प्रदेशका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द छन् ।
नेकपा (एमाले) ले चिकित्सक तथा स्वास्थ्यकर्मीले मर्यादित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा काम गर्न पाउने वातावरण तयार गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएको छ ।
ताप्लेजुङको सीमावर्ती गाउँ फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका बासिन्दालाई सीमा प्रवेश अनुमति परिचयपत्र वितरण गरिएको छ ।
लुम्बिनी प्रदेशसहित कपिलवस्तुका स्थानीय पालिकाले मुस्लिम धर्मावलम्बीको विशेष पर्व १२ रबी अव्वल (पैगम्बर मोहम्मदको जन्मदिन) को अवसरमा स्थानीय बिदा दिएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार पर्यटन र हरित लगानी भन्ने मूलनाराका साथ ४४ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाली कांग्रेसका सांसदबीच शिक्षक विधेयक सम्बन्धमा छलफल भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशलाई मुलुककै आकर्षक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
पाल्पा जिल्ला सदरमुकाम तानसेनमा वर्षौँदेखि खानेपानी समस्या भोग्दैआएका तानसेनबासी पानीको सहजता हुन थालेपछि खुसी भएका छन् । नयाँ समिति गठन भएसँगै पानी वितरण सहज हुँदा स्थानीय उपभोक्ता खुसी भएका हुन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले भएको बताउनुभएको छ ।
ग्रान्डमास्टर दिवाकार महर्जनले यस हप्ता आठौँ डान हासिल गर्नुभएको छ । विश्व तेक्वान्दोको केन्द्रीय कार्यालय कुकिवनबाट महर्जनले आठौँ डनको परीक्षा उत्तीर्ण गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताउनुभएको छ ।
जैविक विविधता संरक्षण, माछापालन र सिँचाइ सुविधाका लागि निर्माण गरिएका जलाशय पछिल्लो समय पर्यापर्यटनको केन्द्र बन्न थालेका छन् ।
नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्नेगरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार काठमाडौँमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
लागू औषध नियन्त्रण ब्युरो तथा शाखा कार्यालयबाट लागू औषधसहित छ जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागू औषध चरेस ३६ किलो ७१० ग्राम, खैरो हेरोइन १७६.७८० ग्राम र ट्रामाडोल २४,७५० ट्याब्लेटसहित उनीहरू पक्राउ परेका छन् ।