वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
कैलाली बर्दगोरिया गाउँपालिका–२ स्थित सहयोगी हातहरू नेपाल संस्थाले सञ्चालन गरेको सहारा घरलाई एक करोड ५० लाख रुपियाँ सहयोग प्रदान गरिएको छ । सहारा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय योजना आयोगले उक्त सहयोग प्रदान गरेको हो । सो संस्थाले सडकमा अलपत्र परेका, मानसिक रोगी, बेसहारा तथा असाहय नागरिकलाई सहारा दिँदै आएको छ । स्थानीय बलबहादुर विष्टले २०७० सालदेखि सञ्चालनमा ल्याउनुभएको सहारा घरमा मानसिक रोगी तथा असाह्य बालबालिका गरी एक सय जनाभन्दा बढीले आश्रय पाइरहेका छन् । देश/विदेशबाट उपलब्ध व्यक्ति तथा सङ्घ संस्थाको सहयोगबाट सहारा घर सञ्चालन हुँदै आएको छ ।
प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
सुदूरपश्चिमका १६ वटा भगवतीका बहिनीमध्ये बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशीको मेला सुरु भएको छ । मेलाको मुख्य आकर्षण स्वराडबाट घोडामा चढेर जाँत (झाँकी) आउने बेलामा कुहिरो लाग्ने गर्दछ । मेलामा भारतबाट समेत दर्शनार्थी आउने गर्छन् । दशरथचन्द नगरपालिका–२, देहिमाण्डौँस्थित निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरबाट भण्डार ल्याएर मेलामा जाग्राम बस्ने क्रम बुधबारबाट सुरु भएको हो ।
सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता ९बास० सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, साँखे (फुलासी) स्थित २२० केभी न्यु खिम्ती सबस्टेसनको क्षमता बृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकामा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मङ्गलबार चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भई ३०० एमभिए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजना अन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो ।
राजधानीको भृकृटीमण्डपमा फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी फर्नेक्स २०२३ सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी सुरु भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बुधबार आयोजित कार्यक्रममा मेलाको उद्घाटन गर्दै मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताउनुभयो । आन्तरिक उत्पादन बढाउने, निर्यात प्रवर्धन र आयात कम गर्ने सरकारको लक्ष्य रहेको बताउँदै मन्त्री रिजालले आयात मुलुकका लागि सुखद विषय नभएकाले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकारले पहलकदमी गर्ने धारणा राख्नुभयो । स्वदेशमै खेर गइरहेका काठको प्रयोग गर्नका लागि नीतिगत र कानुनी तवरबाट सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा आउनुभएको थियो ।
टोखा नगरपालिकाले आर्थिक रूपमा सक्षम हुने उद्देश्यले एक हप्तासम्म राजस्व सप्ताह मनाउने भएको छ । असोज १४ देखि २१ गतेसम्म नगरपालिकाले राजस्व सप्ताह आयोजना गर्न लागेको हो । नगरपालिका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको आन्तरिक स्रोत वृद्वि गरी करको दायरालाई फराकिलो बनाउनका लागि राजस्व सप्ताह आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार नागरिकलाई कर स्वेच्छाले तिर्न उप्रेरित गर्ने गरी आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरी कर सप्ताहको शुभारम्भ गरिने छ ।
फाल्गुनन्द लिङ्देन फिल्म्सको ब्यानरले चलचित्र ‘रित’ को सिक्वेल ‘रित २’ निर्माण गर्ने भएको छ । लिम्बू भाषा संस्कृतिमा आधारित चलचित्रको छायाङ्कन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौँ उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रमा विशेष गरी लिम्बू जातिको विवाहमा दुलाहा र दुलही पक्षबिचमा हुने संस्कारको कथालाई समेटिने छ । चलचित्रमा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बू, विमला खजुम, तेज मेन्याङ्बो, पूर्ण सेलिङ, सागर केरुङ, याशेली योङहाङ, दिनेश माङ्मु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहने छ ।
चलचित्र ‘परदेशी–२’ को नयाँ गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक भएको छ । झ्याउरे भाकाको गीतमा प्रकाश सपुत, केकी अधिकारी र प्रशान्त तामाङलाई देखाइएको छ । नारायण रायमाझी निर्देशन रहेको गीतमा रायमाझीसँगै तेजेन्द्र गुरुङ, टीका पुन, देवी घर्ती र ममता गुरुङको आवाज सुन्न सकिन्छ । गीतको शब्द पनि निर्देशक रायमाझी स्वयम्ले कोर्नुभएको छ । गीतमा प्रेमदेव गिरीले सङ्गीत दिनुभएको छ ।
विवादमा तानिएको विद्यालय शिक्षासम्बन्धी विधेयकबारे यति बेला सरोकारवालामाझ बहस र छलफल सुरु भएको छ । यसको बहस नेपाली कांग्रेसको संसदीय दलसम्म पुगिसकेको छ भने अन्य दलका नेताले पनि समस्या समाधान हुने गरी विधेयक पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । मार्टिन चौतारीले बुधबार आयोजना
राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । उहाँले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले शताब्दियौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ ।
चीनको औपचारिक भ्रमणको क्रममा ल्हासा भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चीनको स्वशाशित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टी सचिव वाङ सियाङले भेटवार्ता गर्नुभएको छ ।