काठमाडौं, असोज १० गते । लागू औषध नियन्त्रण ब्युरो तथा शाखा कार्यालयबाट लागू औषधसहित छ जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागू औषध चरेस ३६ किलो ७१० ग्राम, खैरो हेरोइन १७६.७८० ग्राम र ट्रामाडोल २४,७५० ट्याब्लेटसहित उनीहरू पक्राउ परेका छन् ।
उहाँका अनुसार भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. १ स्थित रहेको सर्लाहीका २८ वर्षीय सुशील कुमार पटेलले सञ्चालन गर्दै आएको रश्मि मेडिकल हल, धनुषाका ३५ वर्षीय जितेन्द्र कुमार यादवले सञ्चालन गर्दै आएको श्रेया हेल्थ केयरबाट अवैध लागू औषध नियन्त्रणमा लिई औषधि व्यवस्था विभाग, बिजुली बजारमा बुझाइएको छ ।
उहाँका अनुसार बाँकेका २८ वर्षीय उदय राज महरीयाको साथबाट अवैध लागू औषध खैरो हिरोइन ५२ ग्राम, बझाङको ४४ वर्षीय साहिमान पुजाराबाट चार केजी ७१० ग्राम चरेस, वीरगञ्जका १९ वर्षीय मनदीप कुमार गिरीबाट ट्रामाडोल २४,६५० ट्याब्लेट, पर्साका ३४ वर्षीय नेत्रबहादुर श्रेष्ठबाट ३२ किलोग्राम चरेस, इटहरीका ४४ वर्षीय सुनिल कुमार साहबाट ५८.७८० ग्राम खैरो हिरोइन र रुपन्देहीका ३६ वर्षीय सन्ध्या मल्लाहबाट ६६ ग्राम खैरो हिरोइनसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।