नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।
पूर्वअर्थमन्त्री महेश आचार्यले देशको अर्थतन्त्रमा सुधार ल्याउन अभियानका रुपमा आर्थिक सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक गराउने खालको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।
माटोको ढिस्कोले पुरेर मोरङमा एक जनाको मृत्यु भएको छ । घर पोत्ने माटो खन्नेक्रममा ढिस्को खसेर पुरिएर मोरङको बेलबारी नगरपालिका–१० का सुनिता राजवंशी आइतबार साँझ गम्भीर घाइते हुनुभएको थियो ।
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ललितपुर पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको छ ।
बाँकेको डुडुवा गाउँपालिकाको सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाउनुभएको छ ।
आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ ।
बाँकेको कोहलपुरमा मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विगाह मैदानमा यही कात्तिक १५ देखि २२ गतेसम्म मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८०’ हुने भएको हो ।
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भीड बढेको छ । जाडो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा स्नान गर्नेको भीड बढेको हो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजकले गाजामा मानवीय सहयोग रोक्नु मानवीय अपराध हुनसक्ने आइतबार चेतावनी दिनुभएको छ ।
गत शुक्रबार बिहान मुगुमा चार जनाको शव फेला पर्यो । छायाँनाथ रारा नगरपालिका– ६ मन्दुमा शव फेला परेका हुन् । उनीहरूको हत्या भएको आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताउनुभयो ।
बाँकेको कोहलपुरमा आउँदो बुधबारदेखि मुख्यमन्त्री गोल्डकप फुटबल सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघा मैदानमा ‘मुख्यमन्त्री गोल्डकप फुटबल खेलकुद प्रतियोगिता २०८०’ सुरु हुने भएको आयोजकले जनाएको छ ।
महासचिव गुटेरेसको भ्रमणले आगामी दिनमा विश्व शान्ति स्थापनामा नेपालले पुर्याउँदै आएको योगदानको उच्च कदर हुने वातावरण मिलेको छ । संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्बिलो साथ र सहयोग रहँदै आएको छ ।
घोराही उपमहानगरपालिका– १५ भरतपुरमा भाष्कर पङेनी र दशरथ साउदले १५ कट्ठा जमिनमा व्यावसायिक रुपमा गरेको सयपत्री खेती ।
तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । व्यास नगरपालिका–९ डोटेलफाँट निवासी ७२ वर्षीया टिकामाया पौडेलको हालै मृत्यु भएको हो ।
काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।