महोत्तरीको मनरासिस्वा नगरपालिकामा डेंगु रोगीहरुको सङ्ख्या बढ्दै गएपछि ‘लार्भा खोजी र नष्ट’ अभियान सुरु गरिएको छ ।
कोइला खरिद गर्न नसक्दा हेटौँडा सिमेन्ट उद्योगको सोमबारदेखि उत्पादन बन्द भएको छ । उद्योगमा मासिक तीन हजार मेक्ट्रिक कोइला आवश्यक भए पनि आर्थिक अभावका कारण कोइला खरिद गर्न नसक्दा सिमेन्टको उत्पादन बन्द भएको हो ।
धनुषामा भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको निर्माण कार्य अधुरो हुँदा उक्त विद्यालयहरूले थप कार्यक्रम पाउन सकेका छैन ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।
बागमती प्रदेश सरकारले सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता ‘ख’ वर्गका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले पाँच करोड २५ लाख रुपियाँ खर्च गरेर स्वास्थ्य बिमा गर्न लागेको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विज्ञहरूले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने सुनौलो अवसरको रूपमा लिनुपर्ने बताएका छन् ।
मकवानपुरको पश्चिमी क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा र अफिम खेती फडानी गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी परिचालन गरेको छ ।
भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
शान्ति, धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले विश्व हिन्दु महासङ्घ स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको छ । महासङ्घ स्याङ्जाले वेदको उजागर भएको तनहुँको दमौलीमा रहेको वेदआश्रम स्थलमा स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको हो ।
लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
बुटवल लुम्बिनी फुटबल क्लबले सोमबार दोस्रो नेपाल सुपर लिग (एनएसएल)का लागि क्यामरुनी स्ट्राइकर स्टेफेन समीर बिनोङलाई आबद्ध गरेको छ ।
आइसीसी टि२० विश्वकप एसिया क्षेत्र क्वालिफायरको उद्घाटन खेलमा सोमबार सिङ्गापुरले घरेलु टिम नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १४५ रन बनाएको छ ।
कालिकोटको पलाँता गाउँपालिका वडा नं २ राडुनेटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि वडा नं २ का वर्ष ६५ का शिव चन्द न्यौपानेको मृत्यु भएको हो ।
अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गर्नुभएका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाउनुभयो ।