गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ ।
देशभरका ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ०.५ प्रतिशत घर एक सय वर्षभन्दा पुराना भएको पाइएको छ । देशभरमा रहेका पक्की र कच्चीसहितका उक्त घरमध्ये ३९ हजार ६७६ घर एक सय वर्षभन्दा बढीका रहेका छन् । ती घरलाई पुराना घरको रूपमा हेरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाउँघरमा घरायसी रूपमा उत्पादन हुने आयुर्वेदिक औषधीमा अत्यधिक सिसा (लिड) को प्रयोग हुने बताएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आयुर्वेदिक औषधी प्रयोग गर्ने बिरामीको रगतमा लिड (सिसा) को अत्यधिक मात्रा हुने सूचना प्रकाशित भएपछि आयुर्वेदतर्फका चिकित्सकले त्यसको विरोध गरेका थिए ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ ।
जिल्लाको बडीमालिका नगरपालिका –८ रापकमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोटको अवलोकन गर्नुभएको छ ।
रुपन्देहीमा ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिता हुनेभएको छ । भलिबल खेल विकाससँगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका –६ कलौनीमा दुधराक्ष युवा क्लवको आयोजनामा प्रतियोगिता हुनेभएको हो ।
आइसीसी टी – २० विश्वकप एसिया छनोट अन्तर्गत आज यहाँ भएका दुई छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन् ।
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ ।
पाल्पाको रामपुर नगरपालिकाले तरकारीका विरुवा उत्पादन गरी कृषकलाई अनुदानमा वितरण गरेको छ । कृषकको प्रोत्साहनका लागि नगरपालिकाले आफ्नै हाइटेक टनेलभित्र विरुवा उत्पादन गरी ५० प्रतिशत अनुदानमा विरुवा प्रदान गरेको हो ।
हेटौँडा उपमहानगरपालिका आन्तरिक स्रोत बढाउनेक्रममा करको दायरा बढाउनेतर्फ लागेको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रका व्यवसाय सञ्चालन गर्दैआएका तर करको दायरा बाहिर रहेका व्यवसायीलाई लक्षितगरी उपमहानगरपालिका कार्यालयले व्यवसाय दर्ता शिविर सुरु गरेको हो ।
विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ तिहार लगायतका चाडपर्वमा अवलोकन भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
पर्यटकीय हब बन्दै गइरहेको उत्तरी गोरखामा लेक लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका –६ रिपचेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको सोमबार उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।
चाडपर्वको समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु चिन्तामा परेका छन् । ६ महिना यता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि अपेक्षाकृत ढङ्गले नौनी घिउ र चीजको माग नै नआउँदा समस्या भएको बताएका छन् ।