• ११ मंसिर २०८१, मङ्गलबार

बिदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार

blog

फाइल तस्बिर

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक १३ गते । पर्यटकीय हब बन्दै गइरहेको उत्तरी गोरखामा लेक  लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका –६ रिपचेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको सोमबार उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । 

लेक लागेर बिरामी पर्नेमा अमेरिकन नागरिक इरिक कोनेल ओलराज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिहाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखामा सुचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार बिहान ७ बजे अल्टिच्युड एयरको हेलिकप्टरमार्फत दुबै जनालाई राजधानीको रिद्धी इन्टरनेश्नल हस्पिटल लगिएको हो । 

दुबै पर्यटकलाई आइतबार नै उद्धार गर्ने प्रयास असफल भएपछि आबश्यक कानुनी प्रक्रिाया पूरा गर्दा उद्धारमा ढिलाइ भएको बताइएको छ ।