निर्वाचन समाचार अभिमुखीकरण (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभाको निर्वाचन नजिकीदै जाँदा ठुला राजनीतिक दलका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय लमजुङमा १२ दिनदेखि बन्द राहदानी सेवा आइतबारबाट सुचारु हुने भएको छ । राहदानीसम्बन्धी भेरिफिकेशन र वितरण सेवा कम्प्युटरमा प्राविधिक समस्या आएपछि गत माघ २९ गतेबाट सेवा अवरुद्ध हुँदै आएको थियो ।
मुस्ताङमा यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ तथा संयुक्त सुरक्षा अभ्यास गरिएको छ ।
यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले फागुन ९ गते शनिवार दिउँसो १ बजेदेखि जारी गरेको कर्फ्यु आदेश अर्को आदेश नहुन्जेलसम्मका लागि थप गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दार्चुलाका उम्मेदवार धर्मानन्द जोशीले दार्चुलाको समुन्नति, युवाको नेतृत्व, विश्वासको निरन्तरता र पाँचबर्से दृष्टिसहितको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
डडेलधुरा सदरमुकाम डडेलधुराको अमरगढी नगरपालिकामा फोहोर व्यवस्थापनको विषयलाई लिएर वडा नं. ६ का स्थानीयले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । अमरगढी नगरपालिका–६ को एक जङ्गलमा भएको सार्वजनिक जमिन खरिद गरेर डम्पिङ साइट निर्माण गर्न बोलपत्र आह्वान गर्ने तयारीमा छ तर स्थानीयले यसको विरोध गर्दै आइरहेका छन् ।
पुतलीबजार नगरपालिकामा बेवारिसे अवस्थामा भेटिएनु भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको काम धमाधम भइरहेको छ । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित सल्यानमा आवश्यक मतपत्र तथा बन्दोबस्ती सामग्रीको तयारी धमाधम भइरहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटको दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइएको छ । गौर नगरपालिका –५ स्थित आधारभूत विद्यालय बालमन्दिर भवन ‘क’ र ‘ख’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइएको छ ।
जुम्ला तातोपानी–१, बाइराकागाउँका मीनबहादुर शाही हरेक चुनावमा खानेपानी आयोजना बनाइदिनुपर्ने भन्दै उम्मेदवारसामु आवाज उठाउँदै आउनुभएको छ । अहिले पनि मत माग्न आउने हरेक उम्मेदवारसँग उहाँले खानेपानीको व्यवस्था गर्न माग गर्दै आउनुभएको छ । उम्मेदवारले पनि आफ्नो प्राथमिकता खानेपानी आयोजना रहेको भन्दै आउनुभएको छ तर जब चुनाव जितेर संसद्मा प्रवेश गर्नुहुन्छ अनि बाइराकागाउँमा बाचा बिर्सन्छन् । अहिले बाइराकागाउँका मतदाताले उम्मेदवारप्रति विश्वास गर्न छाडेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आवश्यक ३६ प्रकारका निर्वाचन सामग्री निर्वाचन कार्यालयलाई उपलब्ध गराएको छ ।