ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिने नेपाली कांग्रेसले जनाएको छ ।
अभिक शाह र अनिश प्रसाईको टिम सान्टा जेभियरले दोस्रो हिमालयन डुओ चेसको उपाधि जितेको छ ।
गाउँपालिका–३, मेल्टाबाट डोटीकै दिपायलतर्फ गइरहेको सु.प.प्र.०३–००१–च. ००१४ नम्बरको जिप दुर्घटना हुँदा स्थानीय ६६ बर्षीया जुनधारा साउद, २१ बर्षीया शारदा साउद, १७ बर्षीय सीता साउँद र गाडी चालक बोगटान फुड्सिल गाउँपालिका –६ पलाडी बस्ने तीर्थ बोगटी घाइते भएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउँदै आउनु भएका व्यापक करलाई अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएपछि अमेरिका-चीन व्यापार सम्बन्ध नयाँ अनिश्चिततामा प्रवेश गरेको छ ।
थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा भारतले बङ्गलादेशलाई ४६ रनले हरायो ।
अमेरिकाका पूर्व सिआइए अधिकारी जोन किरियाकोउले आगामी हप्ताको सुरुमा इरानविरुद्ध सैन्य आक्रमण गर्ने अन्तिम निर्णय भइसकेको दाबी गर्नु भएको छ ।
नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता शिक्षाका लागि गोरखापत्र संस्थानले आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उदघाटन निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाउनुभएको अमेरिकी दूत स्टिभ विटकफले बताउनुभएको छ ।
निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताका लागि तीन दिन बिदा सिफारिस गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय समाचार समिति (रासस) लाई प्रभावकारी बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जिएमले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री स्याङ्जा आइपुगेको छ ।
उदयपुरको गाईघाटस्थित थरूहट रङ्गशालामा सम्पन्न च्याम्पियनसिपमा एपिएफले विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा घरदैलोमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।