राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरको औद्योगिक ताज फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर ती प्रतिबद्धता कार्यान्वयनमा भने शङ्का छ ।
धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते हुनुभएको छ । गए राती करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।
गोरखाको गोरखा नगरपालिका –१२ स्थित दशकिलो बजारमा यात्रुबाहक बसको ठक्करबाट ९५ बर्षिय बृद्धाको मृत्यु भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न दुरुपयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।
रुपन्देहीको तिलोत्तमा नगरका मतदाताले रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ समक्ष छाडा चौपायाको समस्या समाधान गर्न माग गरेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ।
चन्द्रागिरि साहित्य सरोवर काठमाडौँको नियमित रचना वाचनको ५१ औँ शृङ्खला शनिबार तीनथानास्थित मुनाल क्लबको सभाहलमा सम्पन्न भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सम्पत महतो आम जनता पार्टी (आजपा) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये हालसम्म ३० जनाले मात्र निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता खोलेका छन् ।
पाँचथरमा निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई पोसाक उपलब्ध गराइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरसहितका सुरक्षा एकाइले आइतबार उनीहरूलाई पोसाक वितरण गरेका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) ले राजनीतिक दलहरुको चुनावी घोषणापत्रमा आदिबासीको सवाल समेटिएको आधारपत्रबारेमा संवाद कार्यक्रम गरेको छ ।
बङ्गलादेशले भारतमा अवस्थित आफ्ना कूटनीतिक नियोगबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा सोमबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बङ्गलादेशको विदेश मन्त्रालयका एक अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन् ।
विश्व व्यापार र कूटनीतिक सम्बन्धलाई तनावमुक्त बनाउने सन्देश दिँदै ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै देशसँग समान व्यवहार गर्न आग्रह गर्नु भएको छ ।
कास्कीको फेवातालमा मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) गरी डुङ्गा चलाउने पाँच चालकलाई प्रहरीले पक्राउ गरेको छ ।