शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डिलबहादुर सिंह
डोटी, फागुन १० गते । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटनामा पर्दा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार बोगटान फुड्सिल गाउँपालिका–३, मेल्टाबाट डोटीकै दिपायलतर्फ गइरहेको सु.प.प्र.०३–००१–च. ००१४ नम्बरको जिप दुर्घटना हुँदा स्थानीय ६६ वर्षीया जुनधारा साउद, २१ वर्षीया शारदा साउद, १७ वर्षीय सीता साउँद र गाडी चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडी बस्ने तीर्थ बोगटी घाइते भएका छन् ।
दुर्घटनामा परेर घाइते भएकाहरूको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । बोगटान फुड्सिल गाउँपालिका–३, धौलाबस्ती गाउँनजिकै कच्ची सडकमा जिप करिब एक सय ५० मिटर तल खसेको बताइएको छ ।