शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १० गते । एन्फा महिला च्याम्पियनसिपको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ ।
उदयपुरको गाईघाटस्थित थरूहट रङ्गशालामा सम्पन्न च्याम्पियनसिपमा एपिएफले विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।
एपिएफलाई उपाधि जिताउन गीता राना र रेनुका नगरकोटेले गोल गर्नुभयो । आर्मीका लागि जेनिफर राईले सान्त्वना गोल गर्नुभयो । उपाधिसहित एपिएफले सात लाख ५० हजार रुपियाँ पुरस्कार पायो ।
उपविजेता आर्मीले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको थियो ।