• १० फागुन २०८२, आइतबार

रौतहटका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्र

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ गौर, रौतहट । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीणकुमार शर्मा 
रौतहट, फागुन १० गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटको दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइएको छ । गौर नगरपालिका –५ स्थित आधारभूत विद्यालय बालमन्दिर भवन ‘क’ र ‘ख’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइएको छ ।

रौतहट निर्वाचन क्षेत्र नं.१ का १३२ मतदान केन्द्र तथा २ अस्थायी मतदान केन्द्र मध्ये  यी दुबै केन्द्रमा मात्र सबै महिला कर्मचारी खटाइएको  हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का  अनुसार आधारभूत बिद्यालय बालमन्दिर भवन ‘क’ केन्द्रमा मतदान अधिकृत आस्था शर्मा पौडेल, सहायक मतदान अधिकृत सुचिता श्रीवास्तव, सहायक कर्मचारी प्रियंका कुमारी यादव, सबिता कुशवाहा र रुबी झा खटिनुहुने छ ।

उक्त केन्द्रमा सहयोगी कर्मचारीको रूपमा रन्जना रिजाल खटिनुहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ ले जनाएको छ । त्यस्तै, आधारभूत विद्यालय बालमन्दिर भवन ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत सब्रिना खातुन, सहायक मतदान अधिकृत कल्याणी मिश्र, सहायक कर्मचारी अर्चना कुमारी साह, हिम काला पोखरेल र मनिषा चौधरी खटिनुहुने छ । उक्त केन्द्रमा सहयोगी कर्मचारीको रूपमा गुडिया देवी राम खटिनुहुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य मतदान केन्द्रमा भने मिश्रित रुपमा कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।

रौतहट निर्वाचन क्षेत्र नं. १ मा यो निर्वाचनमा कुल ७९८ कर्मचारी खटाइएको छ ।    

मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ गौरका अनुसार मतदान केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत एक जना, सहयोगी कर्मचारी तीन जना र कार्यालय सहयोगी एक जनाका दरले  कर्मचारी खटाइएको हो ।

अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत १ जना,सहायक मतदान अधिकृत १ जना र कार्यालय सहयोगी १ जना खटाइएको छ । निर्वाचन क्षेत्र नं. १ मा दुइ वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । रौतहट जिल्ला अदालत र कारागार कार्यालय गरी दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दाशले जानकारी दिनुभयो ।

यस बाहेक १३२ वटा मतदान केन्द्रमा १३२ जना मतदान अधिकृत, १३२ जना सहायक मतदान अधिकृत, ३९६ जना सहयोगी कर्मचारी र १३२ जना कार्यालय सहयोगी  खटिएका छन् ।

रौतहट निर्वाचन क्षेत्र नं. १ मासब भन्दा बढी मतदाता जनता प्रावि भवन गंगापिपरा (ख) मा १०६८ रहेका छन् भने सबभन्दा कम मतदाता आधारभूत विद्यालय भवन भेलहिटोल सखुअवा (क) मा ५३२ रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।