महोत्तरीको औरही नगरपालिका –४ कबिलासामा देवरको सांघातिक आक्रमणले भाउजूको ज्यान गएको छ । प्रहरीका अनुसार घर बनाउने बिषयमा बुधबार साँझ साढे ५ बजेतिर विवाद चर्कदा देवर रामजतन यादवले कोदालो प्रहार गर्दा ५० वर्षीया भाउजू रीतादेवी यादवको मृत्यु भएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजामती सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबैको सहयोग जरुरी रहेको बताउनुभएको छ ।
आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता सुनिश्चित गरिनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् ।
मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गर्नुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको पर्यटन क्षेत्रको विकास भएमा समग्र प्रदेशको विकासमा कायापलट हुने धारणा राख्नुभएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार प्रकाशन हुने भएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ ।
गोरखा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषण गरिएको छ । बुधबार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बिच जिल्लामा रहेको ११ वटा स्थानीय तहहरूले पालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगो पन पालिका घोषण सम्पन्न भएपछि गोरखा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगो पनि जिल्ला घोषण भएको हो ।
नेपालमै कृषि पेसा गरेर मासिक ठुलो रकम आम्दानी गर्न सकिन्छ, पैसा कमाउन विदेशै जानु पर्दैन भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनु भएको छ बाँके कोहलपुर नगरपालिका–६ का निवर्तमान वडा अध्यक्ष रामशरण थारु ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बिमा बोर्डबिच स्वास्थ्य बिमा सेवा लागू गर्ने सम्झौता भएको छ । सम्झौतामा आज अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र बिमा बोर्डका तर्फबाट शाखा अधिकृत यशोदा अर्यालले हस्ताक्षर गर्नुभयो ।
देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ ।
१८ वटा स्थानीय तह रहेको रौतहटमा १६ वटा पालिकाले निर्धारित मितिमा नै बजेट प्रस्तुत गरे पनि एउटा पालिकामा भने नगर सभा बिथोलिएको छ ।
पाकिस्तानको कराँचीको नगरका विभिन्न क्षेत्रमा फेला परेका अज्ञात शवहरूको सङ्ख्या २२ पुगेपछि रहस्यमय र चिन्ताजनक प्रवृत्तिलाई नियन्त्रण गर्न नगर प्रशासन जुटेको बुधबार जियो न्युजले जनाएको छ ।
बाँकेका केही सामुदायिक वन उपभोक्ता समूहले सानो लगानीमा लघु उद्यम कार्यक्रम सुरुआत गरेर आयआर्जन गरेका छन् ।