प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा सञ्चालित प्राविधिक शिक्षालय सञ्चालकहरूले ‘डिप्लो तह’अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित तीन वटा कार्यक्रमको शुल्क वृद्धि गरेको घोषण गरेका छन् ।
भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भएर जाने भेडेटार राजारानी रबिराके सडक आसपास दर्जनौँ त्यस्ता स्थान छन् जसले पर्यटक लोभ्याउँछ ।
लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्गीत र नाट्यकला समाजको अभिन्न अङ्ग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताउनुभएको छ ।
पहिरोले कास्की र लम्जुङमा ७ जनाको मृत्यु भएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकलाई मेचीनगर नगरपालिकाले एक लाख नगदसहित सम्मान गरेको छ । नगर कार्यापालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशन समापनका अवसरमा स्वयम्सेविका तेजमणि मेचेलाई सम्मान गरिएको हो ।
सत्यवती गाउँपालिका गुल्मीले उत्कृष्ट १६ जना कृषकलाई नगदसहित सम्मान गरेको छ ।
गुल्मीको मदाने गाउँपालिकाबाट वडा नम्बर-१ र कर्मचारी सम्मानित भएका छन् ।
जिल्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ ।
मनसुन सुरु भएसँगै कैलालीमा दुर्लभ डल्फिन अवलोकन सिजन सुरु भएको छ ।
रोटरी क्लबले ‘द्वन्द्व संवेदशीलता र शान्तिसुरक्षा’ शीर्षकमा पत्रकारलाई प्रशिक्षण दिएको छ ।
दाङमा १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् ।
मदन भण्डारी फाउण्डेशनले २०८० सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गर्ने घोषणा गरेको छ ।