मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे हिमालको ’हिडन भ्यालीमा हिउँमा फसेका ३ विदेशीसहित १५ जनाको टोलीलाई उद्धार गर्न सेना, सशस्त्र र प्रहरीको संयुक्त खटिएको छ ।
सोमबार रातिदेखि मौसम बदलिएसँगै ताप्लेजुङमा चिसो बढेको छ । सामान्य वर्षा र उच्च हिमाली भेगमा हिमपात सुरु भएकाले जिल्लामा चिसो बढेको हो ।
हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै विगत दुई दशकमा प्राप्त उपलब्धिहरू सार्वजनिक गरेको छ ।
डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ जना कैदीबन्दीमध्ये हालसम्म ८० जना पक्राउ परेका छन् । पाँच जना कैदीबन्दी अझै फरार रहेको कारागारका प्रशासक सन्तोष कुमार भट्टले जानकारी दिनुभयो ।
बुधबार बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) गुरूङले रैथाने बाली फापर भित्र्याएर जौ र उवा लगाउने तयारीमा हुनुहुन्थ्यो ।
गत कात्तिक ५ गते विराटनगर–१, पोखरिया शङ्कर टोलबाट देउसी खेल्न निस्केको समूहका प्रान्जल खनाललाई कोशी राजमार्ग टिभिएस सोरुमअगाडि सवारीले ठक्कर दियो । प्रान्जललाई ठक्कर दिने सवारी अहिलेसम्म पत्ता लाग्न सकेको छैन तर सख्त घाइते उहाँको आँखामा गहिरो चोट छ, शरीरको दाहिने पाटो चल्दैन, कम्मरमुनिको भागमा चोटैचोट छ । घाइते १७ वर्षीय खनालकी काकी प्रेमु सापकोटा खनालका अनुसार कम्मरको शल्यव्रिmया बुधबार हुने तयारी गरिएको छ
हिमाली पर्यटकीय क्षेत्र सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा हिमपात भएको छ । देशभर मौसममा आएको परिवर्तनसँगै खुम्बुमा हिउँ पर्न थालेको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मङ्गलबार बिहानैदेखि हिमपात भइरहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । पर्यटकीय सिजनमै खुम्बु क्षेत्रमा हिमपात भएपछि पर्यटन प्रभावित भएको छ । सगरमाथा क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी पर्यटक होटेलमै सुरक्षित रहेको जनाइएको छ । स्थानीय प्रशासन र होटेल सञ्चालकले पर्यटकको सुरक्षा र आवश्यक सुविधाका लागि सुरक्षित रहन आग्रह गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबिच सुशासन र सहकार्यका विषयमा छलफल भएको छ ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सडक निर्माण कम्पनीको चरम लापरबाहीका कारण नौ वर्षमा पनि पूरा नहुँदा म्याद थप्ने तयारी भइरहेको छ । २०७३ चैत १७ बाट सुरु भएको यो सडक विस्तारको काम सुरुमा दी कञ्चनजङ्घा बिरुवा जेभीले ५३ करोड ९७ लाख ९९ हजार रुपियाँमा ठेक्का लिएर काम सुरु गरेको थियो । पाँच पटक म्याद थप्दा पनि काम पूरा नभएपछि २०८० वैशाखमा सरकारले ठेक्का रद्द गरेको थियो ।
रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफले आफ्नो माग पूरा नभएपछि सुरु गरेको आन्दोलन मङ्गलबार पनि निरन्तर जारी राखेका छन् ।
गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी एकादशीको पावन अवसर पारेर कात्तिक १५ गते शनिबार भव्य धार्मिक मेला लाग्ने भएको छ ।
मुस्ताङमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको गाउँबस्ती तथा आसपासका क्षेत्रमा हिमपात भएको छ । तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङ छोसेरको कोरला नाका, छोन्हुप, ल्होमन्थाङ
बागलुङ नगरपालिकाले नगर भित्रका पाँच वटा साना सडक कालोपत्र र ढालन गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ ।
निजी अस्पतालमा कार्यरत नर्सलाई न्यून सुविधा दिई श्रम शोषण गरिएको भन्दै त्यसको विरोधमा थालिएको आन्दोलनमा सुर्खेतस्थित प्रदेश अस्पतालका नर्सले ऐक्यबद्धता जनाएका छन् । नर्सको न्यूनतम सुविधाको व्यवस्था हुनुपर्ने भन्दै नेपाल नर्सिङ सङ्घको आह्वानमा उनीहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।