गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् ।
गत भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा नेपालगन्जमा जडान गरिएका ट्राफिक बत्तीमा क्षति गरिएपछि यहाँको ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गृह जिल्ला दाङमा भएको क्षतिग्रस्त संरचनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले १०५ बोरा केराउ (मटर) सहित विभिन्न अवैध सामानहरू बरामद गरेको जनाएको छ ।
राजाहरूलाई श्री ५ महाराज धिराज वीरविक्रम शाहदेव भनेर पुकारिन्थ्यो । ज्ञानेन्द्र शाहले राजगद्दी त्याग्नुअघि श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भनिन्थ्यो ।
बर्दियाको बढैयातालमा देउसी भौलो खेलेर क्यान्सर पीडित महिलालाई युवाहरूले आर्थिक सहयोग गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।
सोमबार रातिदेखि परेको भारी हिमपातपछि मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङगाउँ नजिकैबाट बुधबार बिहान देखिएको सेताम्मे निलगिरि हिमाल र आसपासका क्षेत्र ।
सिन्धुली जिल्लाको सुनकोसी गढ्तिर क्षेत्रमा रहेका ऐतिहासिक पाटीपौवा बैंस हराउने अवस्थामा पुगेका छन् ।
धादिङको गङ्गाजमुना गाउँपालिकामा अवस्थित प्रसिद्ध गङ्गा-जमुना झरना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थलका रूपमा परिचित छ ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् ।
म्याग्दीमा निर्माणधिन जलविद्युत् आयोजनाको लापरबाहीका सडक पुल योजना विगत ६ वर्षदेखि अलपत्र परेको छ । दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको लापरबाही र उदाशिनताका कारण दाङखोला मोटरेबल पुल निर्माण योजना अलपत्र परेको हो ।
यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे हिमालको ’हिडन भ्यालीमा हिउँमा फसेका ३ विदेशीसहित १५ जनाको टोलीलाई उद्धार गर्न सेना, सशस्त्र र प्रहरीको संयुक्त खटिएको छ ।