जनसङ्ख्याको मातृ वंशबारे भएको एक अध्ययनले नेपालको मातृत्व डीएनए दक्षिण र पूर्वी एसियाली जनसङ्ख्याको मिश्रण भएको देखाएको छ । इतिहास, पुरातात्त्विक र आनुवंशिक जानकारी प्रयोग गरी गरिएको यस अध्ययनले नेपालका तिब्बत–बर्मेली समुदायको जनसाङ्ख्यिक इतिहास बुझ्न थप मद्दत गर्ने अनुसन्धानकर्ताको दाबी छ ।
डोरी टाँग्ने काम सकेसँगै आरोहण सुरु भएको मनासलुमा यस वर्ष सबैभन्दा बढी आकर्षण देखिएको छ । मनासलुमा गत भदौ ३० गते डोरी टाँगिएको थियो । पर्यटन विभागका अनुसार यो सिजनमा मनासलु आरोेहणका लागि ३८ समूहका ४०४ जनाले आरोहण अनुमति लिएका थिए । मनासलु आरोहणका लागि अनुमति लिनेमा ९७ महिला र ३०७ जना पुरुष छन् ।
नेपालमा नगदरहित कारोबार तीव्र रूपले विस्तार भइरहेको छ । सजिलो इन्टरनेट पहुँच र बढ्दो विद्युतीय साक्षरता तथा नेपाल राष्ट्र बैङ्कलगायत विभिन्न वित्तीय संस्थाकै प्रवद्र्धनात्मक कार्यक्रमका कारण पछिल्लो समय भुक्तानीमा मोबाइल बैङ्किङ, कनेक्ट आईपीएस, वालेट तथा क्यूआर कोडजस्ता विभिन्न विधि प्रयोग बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार र छठमा पम्प खुला गरिने निगमले जनाएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपो खुला राख्न निर्देशन दिइएको निगमले जानकारी दिएको छ । तिहार र छठमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्प खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो ।
करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग तिहारका रूपमा प्रचलित छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार खान दिएर पूजा गरिन्छ । कुकुरलाई घरको रखवाला एवं इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।
समाजसेवी एवं पुर्व सांसद मैयादेवी श्रेष्ठको भौतिक देह अब रहेन ।
आइतबारदेखि यमपञ्चक सुरु हुँदै छ। दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई निम्ता गर्न व्यस्त छन् तर सबैका दाजुभाइका दिदीबहिनी नहुन सक्छन्। त्यस्ता दाजुभाइकी चेली हुनुहुन्छ– अञ्जली मास्के। अञ्जली मास्केले २४ वर्षदेखि भाइटीकामा दिदीबहिनी नहुने दाजुभाइको निधार खाली रहन दिनुभएको छैन। उहाँले यस पटक पनि सामूहिक भाइटीकालाई निरन्तरता दिने हुनुभएको छ। उहाँले यस वर्षको सामूहिक भाइटीकाका लागि सार्वजनिक निम्ता (सूचना जारी) गर्नुभएको छ।
सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आगामी निर्वाचनका लागि ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले क्षेत्र नं. ५ मा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
दार्चुला, कात्तिक ५ गते। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्याक्टर आज दुर्घटना भएको हो। ट्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। ट्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो। चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन। घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। रासस
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ।
सुनसरी सदरमुकाम इनरुवाका साहित्यकार टीका शिवाकोटी आचार्यको पहिलो साहित्यिक कृति ‘भुइमान्छे’ कविता संग्रह शनिबार विमोचित भएको छ । आचार्यको कृति ‘भुइमान्छे’ को प्रदेश १ का पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिताकुमारी मेहतासहित साहित्यकार प्राध्यापक रबिन्द्र कोइराला, लिलानाथ सिलवाल लगायतले गर्नुभयो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई जिताए नागरिकता सम्बन्धी समस्या समाधान हुने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो क्षेत्रका सबै विद्यालयलाई स्मार्ट विद्यालय बनाउने बताउनुभएको छ । सुनसरी क्षेत्र नं. ४ का सबै विद्यालयलाई स्मार्ट विद्यालय बनाउने उहाँले उदघोष गर्नुभयो ।