• १९ असोज २०८१, शनिबार

स्मार्ट विद्यालय बनाउँछु : सञ्चारमन्त्री कार्की

blog

जयकृष्ण यादव 

इनरुवा, कात्तिक ५ गते । सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो क्षेत्रका सबै विद्यालयलाई स्मार्ट विद्यालय बनाउने बताउनुभएको छ ।  सुनसरी क्षेत्र नं. ४ का सबै विद्यालयलाई स्मार्ट विद्यालय बनाउने उहाँले उदघोष गर्नुभयो ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । विकासको काम तिव्र गतिमा भइरहेकाले कुनै दुविधामा नपर्न उहाँले नागरिकलाई आग्रह गर्नुभयो ।

विकासका लागि कुर्वा खोलामा पुल, अर्नमा क्षेत्रमा पुल र बाटो निर्माण गरेको  उहाँले बताउनुभयो । फरक प्रसङ्गमा गरिबी निवारण, रोजगार सिर्जना र कृषिलाई यान्त्रिकिकरण गर्न आफू र आफूआवद्ध पार्टी तथा सरकार लागिपरेको बताउनुभयो । मन्त्री कार्कीले आफ्नो क्षेत्रमा ८० प्रशितत बाचा पूरा गरेको प्रष्ट पार्नुभयो ।    

राजनीतिकमा कमाउनका लागि नभई जनताको सेवा गर्नका लागि आफू आएको उहाँले बताउनुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र ४ को प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका कार्कीले आफ्नो कर्मक्षेत्र सुनसरी भएको बताउनुभयो ।  

सुनसरी सदरमुकाम इनरुवामा नेकपा (एमाले) र जसपाले आफ्नो वडा तथा सम्पर्क कार्यालय विस्तारमा लागेको छ । जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ५ र ९ मा गठबन्धन बनाएको जसपा र नेकपा एमाले वडा स्तरीय कार्यकर्ता भेला तथा प्रचारप्रसारका लागि सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।