खुरुङ्गा -१ का मंजिता कुमारी लामा भन्नुहुन्छ, जग्गामा घर बनाएर बसे पनि वर्षौँदेखि घरमा विधुतको उज्यालो हेर्ने सपना आज पुरा भएको छ । जग्गाधनी लालपुर्जा नभएर घरमा विद्युत लाइन थिएन, धाराको आउँदैनथ्यो , चाहेर पनि दैनिक जीविकोपार्जनका थुप्रै गर्जो टार्न नसकेको पिडाबाट आजबाट मुक्ति पाउनेमा असाध्यै खुसी छु। उहाँले सुनाउनुभयो ।
‘नेवाः सुपरस्टार सिरपा’ कार्यव्रmम सम्पन्न भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यञ्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता घोषित भए । त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भए ।
आगामी १२ गतेदेखि चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ प्रदर्शन हुँदैछ । चलचित्र नेपाली मौलिक कथामा निर्माण गरिएको निर्माण पक्षको दाबी छ ।
निर्माण व्यवसायीको लापरबाहीका कारण दाङमा २६ महिनामा बन्नुपर्ने पुल छ वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । ग्रामीण सडक अन्तर्गत तुलसीपुर उ
तनहुँको बन्दीपुर गाउँपालिकाले सुत्केरी, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य संस्थामा जाँदा र आउँदा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।
कणाली नदीको मध्य भागमा बुधबार दिउँसो केही मानिस बचाउ बचाउ भन्दै रोइ कराइरहेका थिए । त्यही बेला सशस्त्र प्रहरी बलका डुङ्गामा (मोटरबोट) सुरक्षाकर्मीसहितको उद्धार टोली नदीमा दौडियो ।
कर्णाली प्रदेश सरकारले १० महिनामा ३१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को वैशाखसम्म ३१.२
जसका कारण अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सिँजा गाउँपालिका–१ का शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् । मालिका मावि, धापामा मङ्गलबार आयोजित कार्यक्रममा ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालय पहुँचमा पुगेको घोषणा गरिएको छ ।
कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खण्डमा पर्ने सुनारखोलाको पहिरो नियन्त्रण कार्य सुरु भएको छ । सुनाखोलामा ग्याबिन जाली लगाएर नियन्त्रणको प्रयास भइरहेको छ ।
बैतडीका १० वटा स्थानीय तहमध्ये सबैभन्दा ठूलो भूगोल रहेको बैतडीको च्वाँगढ क्षेत्रको लाइफलाइन मार्ग गाँजरी–थलाकाँडा सडक तीन दशकदेखि अलपत्र परेको छ । २०५२ साल मङ्सिर २८ गतेदेखि निर्माण सुरु भएको यो सडकमा काम गर्ने बाजे पुस्ता अस्ताइसक्दा पनि नाति पुस्ताको गाडी चढ्ने धोको अधुरै रहेको छ ।
कोपिला किताबले बुधबार पाँच वटा बालपुस्तक एकसाथ लोकार्पण गरेको छ । ‘टेल्स एन्ड लाइज’ शृङ्खला अन्तर्गत विभिन्न लेखकले लेखेका पाँच वटा बालपुस्तक बेखामान र राक्षस, साङ्केनको खुल्दुली, अन्नको बखान, कपासको घोडा र जन्तर मन्तर नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानमा सार्वजनिक गरियो ।
बजेट अर्थव्यवस्था सञ्चालनको प्रमुख औजार हो भने अर्थशास्त्र अर्थव्यवस्था सञ्चालनको प्रमुख शास्त्रगत उपकरण । यो नितान्त राजनीतिक उद्देश्य हासिल गर्ने अर्थराजनीतिक विधा हो ।
प्रजातान्त्रिक विचार समाज प्रजातन्त्र, नागरिक अधिकार, बहुलवाद, सुशासन जस्ता क्षेत्रमा कार्य गर्न गठित पेसा व्यवसायका बुद्धिजीवी आबद्ध एक गैरसरकारी नागरिक संस्था हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ ।