• १४ वैशाख २०८१, शुक्रबार

‘हुक्का’ प्रदर्शनको तयारीमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, जेठ ४ गते । आगामी १२ गतेदेखि चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ प्रदर्शन हुँदैछ । चलचित्र नेपाली मौलिक कथामा निर्माण गरिएको निर्माण पक्षको दाबी छ । 

निर्देशक शम्भु थापाले चलचित्र वयस्कले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको बताउनुभयो । ‘अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पूरा गर्न के गर्छ भन्ने कुरा उठान गरेका छौँ,” उहाँले भन्नुभयो, “चलचित्रले अहिलेको समाजको प्रतिनिधित्व गरेको छ ।” 

अभिनेता प्रकाश घिमिरेले चलचित्रमा आफू हुक्का खाने पात्रका रूपमा देखिने बताउनुभयो । उहाँले आफू कहिले नरम र कहिले कडा पात्रका रूपमा प्रस्तुत हुने बताउँदै फिल्म सबैका लागि हेर्न उपयुक्त रहेको दाबी पनि गर्नुभयो । चलचित्रमा सन्तोषकुमार आत्रेय, प्रमीला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिसा विकको अभिनय छ ।