नागरिक अगुवा तथा विश्लेषकहरुले थारू समुदायले खोजेको न्याय मागेर नपाइने हुनाले संघर्षमार्फत माग सुनिश्चित् गर्नेतर्फ लाग्न सुझाएका छन् । थारू नागरिक अभियानले शनिबार यहाँ आयोजना गरेको संवाद कार्यक्रममा वक्ताहरुले सो सुझाब दिएका हुन् ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले मधेश प्रदेशसभाको शनिबारको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा. नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ।
लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० लाख रुपियाँ पुरस्कार पाउने छ । उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –५ मा पहाडमा खोपिएको आकर्षक गुफा । नेपालको दक्षिण सीमा भारत र उत्तरी सीमा चीनलाई जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत चराङ–लोमान्थाङ सडकबाट देखिने यस गुफा १५ औ शताब्दीमा निर्मित भए पनि संरक्षणको अभावमा ओझेलमा छ ।
कानुन कार्यान्वयन र अपराध नियन्त्रणको अलावा सल्यानमा नेपाल प्रहरीको नेतृत्वमा बेसहारा गरिव नागरिकको घर तथा सार्वजनिक काठेपुल निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नागरिकहरुसँग सहकार्य गर्दै हालसम्म गरिब र बेसहारा परिवारका लागि चार वटा घर, विभिन्न नदी तथा खोलामा सातवटा काठे पुल निर्माण गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको विकासमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)को संयुक्त प्रतिवेदन अनुसार पाकिस्तानमा पक्राउ परी हिरासतमा लिइएका अफगान नागरिकको सङ्ख्या एकै हप्तामा १४६ प्रतिशतले बढेको छ ।
उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार आगलागी हुँदा छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको क्षेत्रीय गभर्नरले बताउनु भएको छ ।
नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री कुलमान घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई बदनाम गराउन नियोजित रुपमा सूचना तथा समाचार सम्प्रेषण गरिएको भन्दै यस्तो भ्रममा नपर्न अनुरोध गरेको छ ।
नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।
धनकुटा नगरपालिका–५, स्थित माथिल्लो र तल्लो कोप्चेमा पर्यटकले भरीभराउ भएको छ । वाडाङमेट कोप्चे फेस्टिबल सुरु भएसँगै कोप्चेमा आन्तरिक तथा बाह्य पर्यटकले भरीभराउन भएको हो ।
रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै उर्जा क्षेत्र प्रभावित हुदा धेरै क्षेत्रमा बिजुली कटौती गरिएको किएभका अधिकारीहरूले शनिबार बताएका छन् ।
भारत र भुटानबिचको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्धको प्रतीक स्वरूप भगवान बुद्धका पवित्र अवशेष शनिबार भुटानको यात्रामा लागेका छन् ।
दक्षिणी ब्राजिलकका विभिन्न भागमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीले शनिवार बताएका छन् ।