आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिका रोश्नी कार्की र उषा रजकले विगतका फिल्ममा भन्दा यस पटक काम गर्दाको अनुभव फरक रहेको बताउनुभएको छ ।
पश्चिम नवलपरासीमा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मतगणनाका लागि दुई वटा निर्वाचन क्षेत्रमा तारजालीसहित सिसी क्यामेरा जडान गरिएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा बर्दिबास नगरपालिकामा शङ्कास्पद वस्तु विस्फोट हुँदा दुईजना पैदलयात्री घाइते भएका छन् ।
यहि फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२, अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली हुम्ला आइपुगेको छ ।
अन्तरगृह परिक्रमासँगै मिथिलाको धार्मिक पदयात्रा १५ दिने मिथिला मध्यमा परिक्रमा आज विधिवत् रुपमा समापन भएको छ ।
बाजुराका सबै मतदान केन्द्रमा यती बेला सर्वदलीय बैठक सुरु भएको छ । यहाँका निर्वाचनलाई सुव्यवस्थित पार्ने गरी यहाँका ७७ स्थल र ११९ मतदान केन्द्रमा सर्वदलीय बैठक बस्न सुरु गरेको हो ।
मध्यपूर्वमा तीव्र बन्दै गएको युद्धका कारण सर्वसाधारणमाथि परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका कर्मचारी मतदानस्थल निर्माण र व्यवस्थापनमा जुटेका छन् ।
बढ्दो तनावका बिचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुक स्थित दुतावास तथा कूटनीतिक मिसन बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ ।
इलाममा निर्वाचन सम्पन्न भएर मतगणना गर्नका लागि स्थान तोकिएसँगै गणना स्थललाई सुरक्षित राख्नका लागि गणना स्थलमा तारजाली र सीसी क्यामेरा लगाउन थालिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणनाका लागि धनकुटा नगरपालिकाको वडा ५ स्थित सामुदायिक भवनमा आवश्यक तयारी गरिएको छ ।
ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ ।
बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ ।
यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीका सबै मतदानस्थलहरुमा निर्वाचन सामग्री सहित पुगेका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचनको तयारीमा जुटेका छन् ।