पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।
लोप हुँदै गएको चर्खे र लिङ्गे पिङ जिल्लाका विभिन्न स्थानमा राखिएको छ । जिल्लाको विभिन्न स्थानका स्थनीय बासिन्दाले चर्खे र लिङ्गे पिङ राख्नमा सक्रियता बढाएका छन् ।
पुतलीबजार नगरपालिका-१२ पेल्काचौरका २९ वर्षीया तेजन गुरुङले आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको आरोहण गर्नुभएको छ ।
बर्दिया जिल्लाको सदरमुकाम गुलरिया–८ स्थित नेपाल भारत सिमानामा आइतबार राति भएको गोली प्रहारबाट एक जना नेपाली नागरिक घाइते भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको लगानीमा बनेका सार्वजनिक भौतिक संरचना सञ्चालनमा समस्या देखिएको बताउनुभएको छ ।
भरतपुरबाट कालिका नगरपालिका जोड्ने मुख्य सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाबाट पूर्वी चितवनको कालिका नगरपालिका हुदै रत्ननगर नगरपालिकासंग जोडिएर पूर्वपश्चिम राजमार्ग जाने सडकमा कालोपत्रे कार्य भएको हो ।
कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ ।
बडादसैँको दशमीको राति टाउको काटिएको अवस्थामा फेला परेका कोहलपुरका चन्द्रवहादुर कामीको टाउकोलाई प्रहरीले खोज तलाशको क्रममा फेला पारेको छ ।
स्याङ्जाको वालिङ नगरपालिका –१४ हिमशिखर निमाविका विद्यार्थी दसैँ बिदामा तरकारी बिक्री गर्न व्यस्त छन् । बिद्यालयको करेसाबारीमा उत्पादन गरेका तरकारी विद्यार्थीले बेच्दै आएका छन् ।
पछिल्लो समयमा देशमा केही काम छैन भनेर दैनिक सयौंको संख्यामा युवाहरु रोजगारी खोज्न विदेश जाने गरिरहँदा नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहका २५ वर्षीय युवा रिजवान अहमद बागवान भने नेपालगन्जमै ग्रीलसम्बन्धी काम गरेर स्वरोजगार बनिरहनुभएको छ ।
प्युठानका विभिन्न कोटघर र देवीका मन्दिरहरुमा हतियार जुधाएर नाच्ने परम्परागत सरायँ नाचको रौनक सुरु भएको छ । दसैँ र तिहारसँगै प्युठानमा नाचिने सरायँ नाचले सबैतिर रौनकता बढाएको स्थानीयको भनाइ छ ।
पहिरोका कारण एकतर्फी (वान वे) सडक सन्चालन भएको अरनिको राजमार्ग अन्तर्गतको ५० किलो सडक खण्डमा पहिरो पन्छाउन समस्या भएको छ । शनिवार रातिदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८, को ५० किलोमा सडकमाथिबाट खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको थियोे ।
गुल्मीमा प्रत्येक वर्ष ८० हजार सुन्तलाको बिरुवा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । स्थानीय तह, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र अन्य विभिन्न संघ संस्थाबाट सञ्चालित कार्यक्रमका लागि ८० हजार बिरुवा आवश्यकता पर्ने देखिएको हो ।
शाह वंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो । कालीगण्डकी गाउँपालिका-३ मा रहेको वि.स. १३५० सालमा स्थापना भएको यस मन्दिरभित्र ठकुरी महिला बाहेक अन्यलाई प्रेवश अनुमति छैन ।
शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य छ ।