चिनियाँ राष्ट्रपति सी जिङपिङले बिहीबार ब्रिक्सका नेताहरूलाई विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको र यसका सदस्यलाई स्थिर शक्ति बन्न आग्रह गर्नुभएको छ ।
ताप्लेजुङमा तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। तमोर नदीको पानी उपयोग गरी प्रालिले २८५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने भएको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो सय दिनको कार्य उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले बिहीबार फ्रान्सले लेबनानलाई दश करोड युरो सहयोग गर्ने बताउनुभएको छ ।
दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर ज्यान गएको छ।
सरकारले सिंहदरबार वैद्यखानाबाट ४० किसिमका औषधीको उत्पादनको तयारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी वर्षभित्र सबै समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने बताउनुभएको छ ।
ताप्लेजुङका स्थानीय तहअन्तर्गत रहेका न्यायिक समितिका पदाधिकारी सङ्गठित भएका छन्। जिल्लास्तरीय न्यायिक समिति सञ्जाल गठन गर्दै स्थानीय समितिका पदाधिकारीहरु सङ्गठित भएका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी सडकखण्डमा सवारी दुर्घटनामा घाइते भएका बस चालकको मृत्यु भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले लिएका नीति कार्यक्रम बजेटमार्फत अभिव्यक्त हुने भएकाले यो वर्ष बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनभित्र गरेका कामहरू सार्वजनिक गर्नुभएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीले सय
लोपोन्मुख अवस्थामा रहेको जङ्गली सिमलको रुख कटान गरिरहेको अवस्थामा वन कर्मचारीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
भारतको पूर्वी तटमा कम्तीमा दश लाखभन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहेको मन्त्रीहरूले बिहीबार बताएका छन् ।