सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतरामा विदेशी नागरिकसँग बालविवाह गराउने बेहुलीका बाबुसहित ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
नेपालीको दोस्रो महान् चाड तथा उज्यालो पर्व तिहार सुरु हुन एक साता बाँकी छ । कावासोतीका हरिकृष्ण प्रजापतिलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ ।
एएफसी यु–१७ एसियन कप छनोटमा नेपालले जानपानसँग फराकिलो हार खेपेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका टुक्रे योजनामा कटौती गरेको छ । थोरै रकम छुटाएर स-साना योजनाहरूमा बजेट खर्च गर्दा विकासका काम नदेखिने भएकाले भीरकोट नगरपालिकाले टुक्रे योजनालाई कटौती गरेको जनाएको छ ।
दाङमा महिला उद्यमीले करिब तीन करोड मूल्य बराबरको खसीबोका बिक्री गरेका छन् । दसैँ–तिहार पर्वको अवसरमा जिल्लाका आठवटा सामाजिक उद्यमी महिला सहकारीमार्फत दुई करोड ९२ लाख ७० हजार नौसय ५८ रुपियाँ मूल्यको खसीबोका बिक्री गरेका हुन् ।
नेपाल औषधी लिमिटेडले सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको छ । लिमिटेडले बिहीबार विज्ञप्ति निकाल्दै सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको हो ।
युएईमा हुने आइसिसीयु–१९ महिला विश्वकप छनोटमा स्याङ्जाका तीन जना खेलाडी छनोट भएका छन् ।
इजरायलविरुद्ध हमासको आक्रमणले युरोपमा मुस्लिम विरोधी घृणामा तीव्र वृद्धि भएको उल्लेख गर्दै युरोपका मुस्लिमहरूले अझ बढी जातिवाद र भेदभावको सामना गरिरहेको युरोपेली सङ्घ (ईयू)को अधिकार एजेन्सीले बिहीबार जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने हुनुभएको छ ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको स्काेर्पियो र अटो दुर्घटनामामा थप एक जनाको मृत्यु भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले हरित ऊर्जा उत्पादन नेपालको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।
इङ्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा १५ वर्ष पुरानो कीर्तिमान तोडेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको बताउनुभएको छ । वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरुबारे जानकारी दिन बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।