कलाकार सुन्दर सिंख्वालले पौभा कलामा ३८ वर्ष बिताएपछि पहिलो पटक एकल कला प्रदर्शनीमा उत्रनुभएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।
‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ चलचित्रको प्रदर्शन तेस्रो सातामा प्रवेश गरेको छ ।
ताप्लेजुङमा तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
पश्चिम मकवानपुरको मनहरी–७, रमौलीका किसान हरिशरण अर्यालले व्यावसायिक फूल खेती गर्नुभएको छ ।
नजिकिँदै गरेको तिहारलक्षित गरी फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले बिहीबारदेखि १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको छ ।
कर्णाली प्रदेशमा रहेका खर्क (गोठ) व्यवस्थापन गरी मनग्य आम्दानी लिन सकिनेगरी रणनीति तयार गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । विशेषगरी प्रदेशका हिमाली जिल्लाका खर्कको व्यवस्थापन र संरक्षण गरी आम्दानी लिनेगरी रणनीति तयार गर्नुपर्ने उनीहरूको सुझाव छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत ५८ करोड रुपियाँको दायित्व फरफारक गरिएको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले जलविद्युत् आयोजनालाई चाहिने विस्फोटक पदार्थको आयात र विद्युत् निर्यातमा सहजीकरण गर्ने बताउनुभएको छ ।
नेपालमा पोलियो उन्मूलन भएको १० वर्ष बितिसक्दा पनि चुनौती भने अझै कायम छ ।
बङ्गालको खाडीमा उत्पन्न दाना चक्रवातको असर नेपालमा आंशिक रूपमा मात्र परेको छ ।
सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका सबै पक्षलाई समुचित परिपूरणको प्रबन्ध गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको आन्दोलनका कारण सहकारीपीडितहरू त्रसित बनेका छन् ।
गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक यस जिल्लामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो ।