कैलालीको धनगढी उपमहानगरपालिकास्थित मोहना नदीलाई छठ पूजाको लागि तयार पारिएको छ ।
नवलपुरमा बोटबाटै सुन्तला बिक्री हुन थालेपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्न थालेका छन् ।
अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुग्नुभएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ ।
पर्वत जिल्ला अस्पतालले स्वास्थ्य सेवाको सुधारसँगै सौन्दर्यता परियोजना ल्याउने भएको छ । जिल्ला अस्पतालको मुहार फेर्नका लागि अन्तर्राष्ट्रिय पर्वत समाजले ३५ लाख रकमको आर्थिक जोह गरी परियोजना निर्माण गरेको हो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।
अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो ।
सुनसरी सदरमुकाम इनरुवा ९ बबिया जमुवा खेल मैदानमा सम्पन्न भएको प्रथम वडास्तरीय कबड्डी प्रतियोगिताको उपाधी जमुवा क्लब इनरुवाले हात पारेको छ ।
विभिन्न रङमा सजिएका पुतली देखेर सबैको मन लोभिन्छ । हाम्रो वरिपरि धेरै प्रकारका पुतली पाइन्छन् । फूलको रस चुस्दै एक स्थानबाट अर्को स्थानमा उड्दा रमाइलो लाग्छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका – ७ निबुवाटारमा रहेको कुसम्या सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेको कागतीले बजार नपाउँदा उपभोक्ता चिन्तित बनेका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाको दुईवटा पालिकामा व्यावसायिक तरकारी प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि विज्ञ विनोद घिमिरेले जानकारी दिनुभयो ।
तनहुँको सदरमुकाम दमौलीको मेनरोडमा गाउँबाट आएका यात्रुहरु । तस्बिर–अमरराज नहर्की
अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहनुभएका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
पश्चिम नेपालको तराई जिल्ला बाँके थारु लोक संस्कृति र सभ्यताका निकै धनी मानिन्छ । थारु संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवर्धन तथा प्रवर्धन कार्यक्रम हुने भएको छ ।
सुन्तला पाकेर दाना पहेलो हुने समयमा गुल्मीका सुन्तला कृषकका बोटमा पहेलै देखिने रोग देखा परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैचामा बोट पहेलो देखिने रोग देखा परेको हो ।