प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आइतबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।
पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारी अधिकारीले आइतबार बताएका छन्।
अमेरिका-मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए। विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे।
भारतीय सीमासँग जोडिएको बाँकेमा करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासंघले जनाएको छ ।
पर्यटकीय राजधानी पोखराको लेकसाइडमा आज विदेशी पर्यटकलाई टीका लगाउँदै नेपाली दिदीबहिनी ।
भाइटीकाको अवसरमा आइतबार सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित नेपाल–भारतको दशगजा क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काको हातबाट भाइटीका लगाउनुभएको छ ।
धान बिक्री गर्न घोडाले तान्ने बग्गीबाट नेपालगन्ज बजार लैजाँदै बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हामी नेपालीहरुको मौलिक संस्कृति, परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्ने बताउनु भएको छ ।
नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनुभएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरमा बेवारिसे एक महिलाले सडक पेटीमै बच्चा जन्माउनुभएको छ ।
औषधी व्यवस्था विभागको नेपालगन्ज शाखामा जनशक्तिको अभावले अनुगमनमा समस्या हुँदै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।