सुशासन र कानुनको क्षेत्रमा क्रियाशील संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श सेवा दिने भएको छ ।
उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको लेक लागेर मृत्यु भएका घटना बर्सेनि सुनिन्छन् । मुख्य पर्यटकीय याम (असोज–मङ्सिर) र (चैत–जेठमा) यस्ता घटना बढी हुने गर्छन् ।
महाकाली भन्सार कार्यालय झुलाघाटबाट ६५ किलोमिटर टाढाको महाकाली नदी किनारको नागार्जुनस्थित खाणघाटबाट प्रहरीले एक लाख १० हजार रुपियाँभन्दा बढीको भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ । समान बिचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो । पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रुपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ । त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुङ्गो लगाइनेछ । करिब एक लाख ५० हजार सङ्गठित सदस्य रहेको पार्टीले सङ्गठन सुदृढीकरणमा अनुभव तथा योगदान गरेका नेता एवं कार्यकर्तालाई उम्मेदवार सिफारिस गर्न कमिटीलाई निर्देशन दिएको छ । सत्तारुढ दलहरूसँग गठबन्धन नगर्ने पार्टीले जनाएको छ । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ । आगामी मङ्सिर १६ गते हुने जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो ।
जुम्लाको सिञ्जा गाउँपालिका –१ बिष्टवाडा जाँचगाउँ हिमा नदीको किनारमा रहेको सुन्दर गाउँ र हिउँदको समयमा गाईबस्तुलाई खुवाउन राखिएको घाँसका खात (टौवा) ।
असोज ११ र १२ गतेको अविरल वर्षातले परिवारका सदस्य र घरवास गुमाएका काभ्रेपलाञ्चोकको श्री मंगल जनविजय माध्यमिक विद्यालय मंगलटारका विद्यार्थीलाई सिन्धुपाल्चोकका समाजसेवीले सात लाख रुपियाँ बरावरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।
गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपोन्मुख भएको छ ।
जनताको सेवाका साथै यहाँका एक जना वडा अध्यक्ष कृषि पेसामा रमाउँदै आउनुभएको छ । बिहानैदेखि राति अबेरसम्म जनताको काम र वडाको विकासमा खटिएर बाँकी रहेको समयमा कृषि कर्ममा खटिने गरेको सत्यवती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अर्जुन कनौजेले बताउनुभयो ।
तानसेन नगरपालिका भित्र रहेको कला र संस्कृतिको संरक्षण गर्न नगरपालिकाले तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ ।
गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टीकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । अठ्ठाइस प्रजातिका गुराँस पाइने टिएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ ।
संयन्त्रको मङ्गलबारको बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिका इन्चार्ज शेरधन राईले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न दुई दलीय संयन्त्र गठन भएको बताउनुभएको छ ।
जिल्लाका विभिन्न भागका साथै चुरे गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडक सञ्चालनमा आएका छन् । वर्षायाममा अवरुद्ध भएका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा आएका हुन् ।
नेकपा (माओवादी केन्द्र) ले कैलालीको कैलारी गाउँपालिकामा बेथिति मौलाउनुका साथै भ्रष्टाचार बढेको भन्दै खबरदारी गरेको छ ।