आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र समेत रहेको तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
गोरखा नगरपालिका–४ फिनामस्थित पिपलथोकमा रहेको नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको नाममा रहेको भिमसेन पार्क आन्तिरिक तथा बाह्रय पर्यटकको प्रमुख रोजाइमा परेको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन भइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले दोलखाको समग्र विकास एमालेबाहेक अरुले गर्न नसक्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवासहित मधेसी समुदायको बसोबास रहेको स्थानीय तह तथा क्षेत्रमा मौलिक पर्व समाचकेवाको रौनक बढेको छ ।
संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बारा सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुलाई ७८ हजार घुससहित नियन्त्रणमा लिएको छ ।
जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक सिंहदरबारमा सुरु भएको छ
नवलपुरको पर्यटन व्यवसायी, होटल व्यवसायी, नेचर गाईड, संरक्षणकर्मी, मध्यवर्ती वन व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाले गैंडाको स्थानान्तरण रोक्न दबाब दिने भएका छन् ।
सुनसरीको गढी गाउँपालिका ५ नम्बर वडा कार्यालय सतैरझोराले आफ्नो वडाका चार सामुदायिक विद्यालयको बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृत्ति वितरण गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुिद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई समस्या भएको हो ।