राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गर्नुभएकाे छ । सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएकाे हाे ।
काठमाडौँ, फागुन १९ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्राकृतिक स्रोतअन्तर्गतको ‘रेडियो फ्रिक्वेन्सी’को ‘रोयल्टी’ बाँडफाँटमा थप स्पष्टता जरूरी रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आज यहाँ आयोजन गरेको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सन्दर्भमा आयोजित छलफलका क्रममा उहाँले रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सम्बन्धमा भएको नयाँ सिफारिसमा थप स्पष्ट आवश्यक रहेको धारणा राख्नुभयो ।“प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त हुने रोयल्टी हो कि शुल्क हो भन्ने विषयमा पनि पहिले स्पष्ट हुन जरूरी छ”, उहाँले भन्नुभयो, “कुन तहमा कति रकम बाँडफाँट गर्ने भन्ने विषय सुरूमा क्षतिपूर्ति र पछि लाभ वितरणका आधारमा गर्न सकिन्छ, सिफारिसमा मेरो असहमतिभन्दा पनि थप छलफल आवश्यक ठानेको छु ।” उहाँले यसप्रकारको रकम वितरणमा बृहत् छलफल जरूरी भएको उल्लेख गर्नुभयो ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरूङले प्राकृतिक स्रोतअन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका लागि आयोगले सिफारिससहितको प्रतिवेदन बुझाइसकेको उल्लेख गर्नुभयो । उहाँले आफूहरूले यस विषयमा अर्थमन्त्रीलाई जानकारी गराइसकेको उल्लेख गर्दै संविधानको धारा, ६९ को उपधारा ४ बमोजिम नै बाँडफाँटको सिफारिस गरिएको उल्लेख गर्नुभयो ।आयोगले रोयल्टी बाँडफाँटका लागि प्रदेशको भौगोगिक क्षेत्रलाई ३० प्रतिशत, बिटिएस टावरलाई ३० प्रतिशत, जनसङ्ख्यालाई २५ र मोबाइल प्रयोगकर्ताको सङ्ख्यालाई १५ प्रतिशत आधार बनाएको छ । “सन् १९७२ मा अमेरिकाको सर्वोच्च अदालतले रेडियो फ्रिक्वेन्सीलाई पनि प्राकृतिक स्रोत मानेर सेवाप्रदायकबाट रोयल्टी उठाउने फैसला गरिसकेको छ”, उहाँले भन्नुभयो, “विभिन्न देशका संविधानमा पनि यसलाई प्राकृतिक स्रोतका रूपमा उल्लेख छभने नेपालमा पनि विभिन्न नीतिमा यसलाई प्राकृतिक स्रोतका रूपमा उल्लेख गरेको छ ।” उहाँले रेडियो फ्रिक्वेन्सीअन्तर्गत सबैभन्दा बढी ‘सेलुलर’बाट रोयल्टी प्राप्त भइरहेको बताउनुभयो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्माले रेडियो फ्रिक्वेन्सीको रोयल्टी तीनवटै तहका सरकारमा न्यायोचित वितरण आवश्यक भएको र सोही अनुसार आयोगले सिफारिस गरेको बताउनुभयो । प्राकृतिक स्रोतको वितरण समन्यायिक रूपमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “आयोगले रेडियो फ्रिक्वेन्सी रोयल्टी बाँडफाँट तीन वटै तहमा हुनुपर्ने गरी सिफारिस गरेको छ, आयोगको प्रतिवेदन सम्बन्धित संसदीय समितिमा छलफल हुन बाँकी छ”, उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षदेखि उक्त व्यवस्था लागू हुने अपेक्षा गरेका छौँ ।”उहाँले सरकारलाई स्रोतको अभाव भइरहेका बेलामा प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानी ठूलो सहयोग पुग्ने बताउनुभयो । विशेषगरी प्राकृतिक स्रोतबाट हुने आम्दानीको बाँडफाँट स्थानीय तहसम्म पुग्यो भने त्यसलाई स्थानीय तहको स्रोत सुनिश्चितमा सहयोग पुग्ने र यसले बजेट निर्माणमा सहज हुने बताउनुभयो । जुन संविधानमा उल्लेख भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेको उहाँको भनाइ थियो ।त्यस अवसरमा रेडियो फ्रिक्वेन्सी रोयल्टी बाँडफाँटका सम्बन्धमा ई खिमानन्द कँडेल र ई भुवन पौडेलले संयुक्त प्रस्तुतीकरण दिनुभएको थियो । सरकारले हाल सेवाप्रदायकहरूसँग उनीहरूको वार्षिक नाफाको चार प्रतिशत रकम रेडियो फ्रिक्वेन्सी रोयल्टीका रूपमा लिँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा रू दुई अर्ब ३० करोड, आव २०७५/७६ मा रू तीन अर्ब ८७ करोड, आव २०७६/७७ मा रू तीन अर्ब ७२ करोड, आव २०७७/७८ मा रू तीन अर्ब ५२ करोड र आव २०७८/७९ मा रू तीन अर्ब ५२ करोड फ्रिक्वेन्सी दस्तुतर प्राप्त भएको छ ।सोह्र पत्रकारलाई कदरपत्रकार्यक्रममा सेजनबाट सार्वजनिक वित्त व्यवस्थापन विषयको स्थानीय तथा प्रादेशिक रिपोर्टिङहरूको सँगालो विद्युतीय पुस्तक सार्वजनिक गरिएको थियो । साथै उक्त कार्यमा सहयोग पु¥याउने १६ जनालाई कदरपत्र प्रदान गरियो । सेजनका महासचिव विश्वास रेग्मीका अनुसार दुई समूहमा विभाजन गरी ‘फेलोसिप’ प्रदान गरिएको थियो । उहाँका अनुसार सङ्घबाट अच्युत रेग्मी र रञ्जित तामाङलाई कदरपत्र प्रदान गरियो । त्यसबाहेक कोशी प्रदेशबाट चीना थापा र जुनु भट्टराई, मधेस प्रदेशबाट मो इन्तेखाब आलम र हदिश खुद्दार, बाग्मती प्रदेशबाट सुनिल श्रेष्ठ र केशव समर्पणलाई कदरपत्र प्रदान गरिएको थियो । गण्डकी प्रदेशबाट दुर्गा राना मगर र रीना थापा, लुम्बिनी प्रदेशबाट सिपी खनाल र सुदीप भण्डारी, कर्णाली प्रदेशबाट ओम शाही र टेकराज केसी तथा सुदूरपश्चिमबाट गोकर्ण दयाल र मुकेश चौधरीलाई कदरपत्र प्रदान गरिएको हो । उहाँहरूले सार्वजनिक वित्त व्यवस्थापनमा सम्बन्धित भूगोल केन्द्रित रिपोर्टिङ गर्नुभएको थियो ।रासस
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गरेको विशेष चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका दुई जना चालकलाई मन्थलीस्थित भैसेश्वर चोकबाट नियन्त्रणमा लिएको छ ।
जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।
कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुुइजी बुफनबीच आज भेट भएको छ ।
रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्राध्यापक पी. खरेलको नयाँ कृति ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ आज एक समारोहविच लोकार्पण गरिएको छ ।
नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले काँग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बत्ताउनुभएको छ । उहाँले काँग्रेसको विधान र संविधान अनुसार नै अबको २०-२२ महिनाभित्रमा महाधिवेशन हुने र अहिले पार्टीभित्र रहेका गुट उपगुट सकिने बताउनुभयो ।
नेपाल सरकारका उपप्रधान तथा सहरी विकास तथा भौतिक मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताउनुभएको छ । अछाम सदरमुकाम मङ्गलसेन दरबारको हस्तान्तरणका क्रममा राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेकोले त्यसको अन्त्यका लागि आफूहरू एक भएको भनाइ उपप्रधान मन्त्री सिंहको छ ।
काठमाडौँ, फागुन १९ गते । शनिवारदेखि मौसममा सुधार आएसँगै आकाश खुलेको छ । खुल्ला आकाशसँगै पर्यटकहरू माउन्टेन फ्लाइट हुँदै हिमालहरू हेर्न जानेको सङ्ख्या बढ्दो छ । सोमबार मात्र आधा दर्जन बढी हेलिकप्टरले सगरमाथा क्षेत्रका लागि माउन्टेन फ्लाइट गरेका छन् । सगरमाथालाई अगाडिबाट हेर्नका लागि कोङदे टप (डाँडा) उपयुक्त विन्दु मानिने भएकाले पर्यटकहरू बिहान त्यस क्षेत्रमा चिया र नास्ता खान पुग्ने गर्छन् । पर्यटकको मुख्य मौसम मानिने (स्प्रिङ) वसन्त सिजन सुरु भएसँगै पदयात्राका क्रममा पर्यटकहरूकाे भीड लाग्ने गरेकाे छ ।
विसं २०८१ कात्तिक २२ गते बिहीबार । छठ पूजाको दिन ।
म्याग्दी, फागुन १९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा फुलेको लालीगुराँस । म्याग्दीका वनपाखा लालीगुराँस फुलेर रङ्गिन थालेका छन् । तस्बिर ः रासस
गोरखा, फागुन १९ गते । गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार र आसपासको क्षेत्र । तस्बिर ः रासस