गोरखा, फागुन १९ गते । गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार र आसपासको क्षेत्र । तस्बिर ः रासस
भोजपुर, फागुन १९ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कका स्थानीयले घर नजिकै भण्डारण गरेर राखेको दाउरा । तस्बिर : रासस
रुकुम पश्चिम, फागुन १९ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित सल्ले विमानस्थल र खलङ्गा बजार । तस्बिर : रासस
मुस्ताङ, फागुन १९ गते । मुक्तिनाथ मन्दिर नजिकै रहेको नर्सिङ गुम्बा र आसपासको क्षेत्र । बौद्ध धर्मावलम्बीको आस्थाको रुपमा रहेको यो गुम्बालाई लामा भाषामा (म्हाम्ह्रे ल्हाखाङ) भनिन्छ । तस्बिर : रासस
सुजाता रामेछापको मन्थलीकी हुन् ।
जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ लामाचौरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती रा २ प ७४० नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४२ वर्षीय रिम बहादुर खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँघरमा नुनदेखि सुनसम्म पाइने पुराना बजार सुनसान बन्दै गएका छन् । ग्रामीण भेग सडक सञ्जालसँग जोडिएपछि बजार सुनसान हुने व्रmम सुरु भएको हो । एक दशक अगाडिसम्म बिहान ४ बजेदेखि र राति अबेरसम्म मानिसको भिड हुने रामेछापको उमाकुण्ड गाउँपालिकाको रत्नज्योति बजार अहिले सुनसान भएको छ । बजारमा व्यापार हुन छाडेपछि व्यापारी विस्थापित हुने अवस्थामा पुगेका छन् ।
लोपोन्मुख कुसुन्डा समुदायले आफ्नो भाषा, कला, संस्कृति र धर्म जोगाउनका लागि एकीकृत बस्तीको माग गरेका छन् ।
काठमाडौँ, फागुन १९ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो ।त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए । विमानस्थलमा पछिल्लो समय नियमित उडान भइरहेको र यसले विमानस्थललाई चलायमान बनाएको महाप्रबन्धक तिवारीले बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
काठमाडौँ, फागुन १९ गते । एक दर्जनभन्दा बढी पश्चिमी नेताहरूको सहभागितामा मध्य लन्डनमा रहेको ल्यान्कास्टर हाउसमा रक्षा शिखर सम्मेलन सम्पन्न भएको छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरद्वारा आयोजित यो बैठक एक हप्ताको गहन कूटनीतिक वार्तापछि भएको थियो । युक्रेनको लागि शान्ति योजना अगाडि बढाउनमा केन्द्रित थियो । शिखर सम्मेलन पछि पत्रकार सम्मेलनमा स्टारमरले घोषणा बेलायतले युक्रेनलाई ५ हजार भन्दा बढी वायु रक्षा मिसाइलहरू किन्न १।६ अर्ब पाउन्ड ब्रिटिस निर्यात वित्त प्रयोग गर्न अनुमति दिने घोषणा गर्नुभयो । उहाँले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्न चार चरणको योजना पनि अनावरण गर्नुभयो । एक दर्जनभन्दा बढी युरोपेली राष्ट्रप्रमुखहरू र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायत पश्चिमी नेताहरू युक्रेनको शान्ति योजनालाई अगाडि बढाउने उद्देश्यले रक्षा शिखर सम्मेलनको लागि आइतबार लन्डनमा भेला भएका थिए । सिन्ह्वाको सहयोगमा
काठमाडौँ, फागुन १९ गते । भारतको दिल्ली राज्यको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई अप्रिल १ देखि इन्धन नदिने बताएको छ । दिल्लीका वातावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले त्यस्ता सवारी साधनहरू पहिचान गर्न र दिल्लीमा उनीहरूको प्रवेशमा प्रतिबन्ध लगाउन चाँडै नै अधिकारीहरूको टोली गठन गरिने बताउनु भयो । होटेल, व्यावसायिक परिसर र कार्यालयहरू सहित बहुतले भवनहरूमा वायु प्रदूषण नियन्त्रण गर्न एन्टी–स्मग गनहरू जडान गर्नुपर्ने बताउनु भयो । दिल्लीमा वायु प्रदूषण बढ्दो समस्याका रूपमा रहेको छ । नोभेम्बर २०२४ मा दिल्लीले ७९५ को वायु गुणस्तर सूचकाङ्क दर्ता गरेको छ ।सिन्ह्वाको सहयोगमा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा हिमपातका कारण यात्रुलाई आवागमनमा सास्ती भएको छ । कतिपय यात्रु हिमपातमा रमाउँदै यात्रा गरेका छन् भने कतिपयलाई सास्ती खेप्नु परिरहेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ । घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।